Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

मेगा बैंकको नवनिर्मित भवन उद्घाटन


२०७६ फाल्गुन ३० गते , शुक्रवार प्रकाशित

मेगा बैंकले बुटवलमा आफ्नो नवनिर्मित भवनको उद्घाटन गरेको छ । 

बुटवलकै पुष्पलाल पार्कमा सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई मिलनचोक स्थित आफ्नै जमिनमा उक्त नवनिर्मित अत्याधुनिक भवनबाट स्थानान्तरण गरिएको हो । 

बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ । 

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलल एक समारोहका बीच भवनको उद्घाटन गर्दै अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताए । 

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको भन्दै मेगा बैंकको पञ्चवर्षीय रणनीतिक कार्ययोजना अनुसार आफ्नै भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने उनले जनाए । 

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधा लगायत कारोबारमा थप सहज हुने उल्लेख गरिन् । 

बैंकले १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र ३ हजार भन्दा बढी मेगा रेमिट एजेण्टमार्फत विविध बैंकिङ सेवा  छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif