Thursday, 09 July, 2020    |    २०७७ असार २५ गते , विहीवार

दानबीर दम्पत्तिले राष्ट्रिय आबिश्वकार केन्द्र र षडानन्द कोषलाई दिए दान


२०७६ फाल्गुन २९ गते , विहीवार प्रकाशित

सीताराम थापा 


पैतृक थलो गजुरी गाउँपालिका २, अमिल्टार, धादिङ भई हाल काठमाण्डौ नागार्जुन नगर पालिका १०, स्युचाटार, सालिक चोक निवासी शिक्षा र सामाजिक क्षेत्रका अनुसन्धाता डा. सदानन्द कडेल र उहाँकी धर्मपत्नी इन्दिरा लामिछाने कडेल दम्पतीले आफ्नो वैवाहिक जीवनको रजत महोत्सवका उपलक्ष्यमा षडानन्द प्रतिष्ठानका सचिव प्रा.लालानाथ सुवेदीको निवासमा स्वस्फूर्त रूपमा आएर आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको ’षडानन्द राष्ट्रिय पुरस्कार कोष’ प्रवर्धनका लागि रु. २५,०००् प्रदान गरी उदाहरणीय एवम् अनुकरणीय कार्य गरेका छन् । त्यसै गरी दानशील दम्पतीले सोही दिन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई पनि रु. २५,०००्( प्रदान गरी समाज सेवामा आफुलाई समर्पित गरेका छन् ।  कडेल दम्पतीको दानशीलताको हार्दिक प्रशंसा गर्दै उहाँहरुप्रति ’आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान, काठमाडौँ र आकिष्कार केन्द्रका  महावीर पुन दुबैले यी कंडेल परिवारप्रति हार्दिक आभार प्रकट गरेका छन् । सानैदेखि दीनदुःखीको सेवामा समर्पित हुदै आएको इतिहास बोकेका डा. सदानन्द कंडेलले सामाजिक सेवा र शिक्षा क्षेत्रमा लामो समय योगदान गरि सकेका छन् । जनस्तरदेखि राष्ट्रियस्तरसम्म समृद्व र शुसासनयुक्त नेपाल चाहने कंडेल परिवार बामपन्ंथी आन्दोलन बाट प्रभाबित भएकोले जनस्तरमा नमूना पर्दशन गर्ने रुचि देखिन्छ।


 यसरी नै ललितपुर जिल्ला मूलघर भै पाटनमा बस्ने भिमहरी जोशी ज्यूले पनि राष्ट्रिय आबिस्कार केन्द्रको बैङ्क खातामा सोझै रु ११ हजार सहयोग  प्रदान गर्नु  गरेका छन् । उनीप्रति पनि  आभार प्रकट गरिएको छ । यस्ता दानबीहरुको योगदानलाई  योगदानलाई सम्मान गर्दै अझ यसलाई  जनसेतरमा दीगो उपयोगी बनाउन पर्ने सरोकारवालाहरुको कथन छ । नेपाली समाजमा यस्ता  सहयोगीहरु निरन्तर निस्कीरहनु र योगदान गरिरहनुले नेपालको बिकास र समुन्नति चाहनेहरु छन् भन्ने कुरा प्रष्ट छ । यस्ता महानुभावहरु नेपालको समुन्नत भबिष्यको निम्ति महवपूर्ण धरोहरहरु हुन् ।

       

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif