Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

चीनले अरु देशलाई पनि सहयोग गर्ने : त्यहा कोभिड – १९ को संक्रमण ह्वात्तै घट्यो


२०७६ फाल्गुन २७ गते , मंगलवार प्रकाशित

    काठमाडौं । चीनमा नोबेल कोरोना भाइरस अर्थात् कोभिड -१९ को उद्गमस्थल भए पनि अहिले त्यहाँ  संक्रमितको संख्या ह्वात्तै घटेको छ । यसै बीच चीनका राष्ट्रपति शी जिनपिङ्ग कोरोना भाइरहसको उद्गम स्थल मानिएको चीनको हूबे प्रान्तको वूहानको भ्रमणमा पुगेका छन् ।त्यहाँ उनले संक्रमणको स्थिति, उपचारको अबस्था र उपचार सम्वन्धमा बिकास गरिएका प्रबिधि र उपाहरु बारे जानकारी लिने बताइएको छ ।   आज चीनियाँ सञ्चारमाध्यममा जनाए अनुसार सोमबार १७ जना मात्र नयाँ संक्रमित भेटिए । यस घट्दो क्रमसँगै मृत्यु हुनेको संख्यामा पनि उल्लेखिय मात्रामा कमी आएको छ ।   पछिल्लो समय चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ । आज विश्वका एक सय १५ देशमा यो कोभिड – १९ महामारी फैलिसकेको यसको सङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको प्रसिद्ध  चिनीयाँ सञ्चारमाध्ययम सिन्ह्वाले जनाएको छ ।   चीनका प्रधानमन्त्री ली केकियाङको नेतृत्वमा बसेको बैठकले यो महामारीलाई थप फैलनबाट रोक्न र महामारी नियन्त्रण गर्त तथा आर्थिक वृद्धिलाई  व्यवस्थित ढङ्गले समन्वयको काम र उत्पादनलाई फेरि शुरु गर्न निरन्तर प्रयास गर्ने निर्णय गरेको समेत खबरमा उल्लेख छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif