Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा भाइरस सम्बन्धि अन्तरक्रिया


२०७६ फाल्गुन २५ गते , आईतवार प्रकाशित

  शहबाज खान

  कपिलवस्तुको कृष्णनगर स्थित जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको सभा हलमा अन्तर्राट्रिय श्रमिक महिला दिवसको अवसरमा अहिले आतंक मचाइरहेका कोरोना भाइरस ९९ भन्दा बढी राष्ट्रहरुमा फैलिएको र त्यसबाट ३हजार भन्दा बढी व्यक्तिहरुको मृत्यु भई सकेको छ र लाखौ  व्यक्तिहरु संक्रमित भई सकेका छन् ।  अब यसबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने नाराकासाथ सम्बन्धित स्थानिवासी, मदरसामा अध्यनरत बिद्यार्थी, शिक्षक, र समाजसेवीहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।   कार्यक्रम को अध्यक्षता जामिया सिराजुलवलुम अलसल्फीयाका अध्यक्ष र राष्ट्रिय मदरसा संघ नेपालका संरक्षक समीम अहमद नदवीले गरेका थिए ।

  कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरी थिए भने बिशिष्ठ अतिथि सशस्त्र प्रहरी बल नेपाल न ं३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही, सरकारी नेकपाका ५नं प्रदेश समिति सदस्य मिर्जा अरसद बेग, ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल, ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली अतिथि मौलाना अजीम मदनी, वडा नं २ अध्यक्ष संजय गुप्ता, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की रहेका थिए। 


  अहिले कोरोना भाइरस बिश्वभरी महामारीको रुप मा फैलिएको छ। भाइरस बाट बच्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा आफू मा सर सफाई राख्नु र अर्कालाई पनि सरसफाइ राख्नको लागि सलाह दिनु पर्ने अवश्यकता छ। उक्त भाइरसको कारणले साउदी अरब देशले बिभिन्न देशबाट आउने उमरा यात्रीहरु मा पनि रोक लगाएको छ । इतिहासमा पहिलो पटक उमरा यात्रीहरुलाई  अरब देशले रोक लागाएको कार्यक्रमका अध्यक्ष नदवीले बताए ।

     प्रत्येक बर्ष अप्रिल महिनामा उक्त मदरसामा हार्षोल्लासका साथ मनाउदै आएको वार्षिकोत्सव पनि भाइरसबाट बच्न र अरुलाई बचाउनको निम्ति स्थगित गरिसकेको कुरा बिशिष्ठ अतिथि मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भने कि  कृष्णनगरमा कोरोना भाइरस सम्बन्धि जनचेतना मूलक कार्यक्रम लगातार भइरहेको छ र लगभग लगभग सबै कार्यक्रमहरुमा कृष्णनगरका प्रहरी प्रशासनले पूर्णले जनतालाई सचेत बनाउनमा  सहयोग गरेको छ ।

  १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । त्यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो । अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालिएको कार्यक्रम संचालक राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफीले बताउदै कोरोना भाइरसको बारेमा थप चेतनामूलक कुरामाथि प्रकाश पार्नु पारेका थिए ।       

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif