Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

'सामाजिक आमा' इन्दिरा राना : अन्तर्राष्ट्रिय पुरस्कारमा टप थ्रीमा


२०७६ फाल्गुन २२ गते , विहीवार प्रकाशित


  दुर्भाग्यको शिकार बने बनाइएका नेपाली बाल बालिकाहरुको भाग्य फेर्ने ‘नेपाली सामाजिक आमा’  इन्दिरा राना मगर अन्तरास्ट्रिय मानवतावादी पुरस्कार २०२० ले सम्मानित हुने तीन महिलामध्ये एक बनेर नेपालको नाम उच्चो राख्न सफल भएकी छन् । उनलाई थप सफलताको बधाई छ । देशले पनि उनको सम्मान गर्ने कञ्जुस्याँई नगरोस् भन्ने बिशेष आग्रह पनि !     एउटा प्रसिद्ध अन्तराष्ट्रिय सामाजिक संस्था रोटरी क्लबको भगिनी संगठनले विश्वभरका समाजसेवीहरुमध्येबाट मानवताको क्षेत्रमा काम गर्दै आएका सामाजिक अभियन्तामध्येका शीर्ष ३ स्थानमा नेपालकी छोरी यी समाजसेवी इन्दिरा राना मगर पर्न सफल भएकी हुन्। विश्वका सयौं देशका सयौं समाजसेवीहरुमध्येबाट मानवतावाको क्षेत्रमा सक्रिय समाजसेवी कार्य गर्दै आएका सामाजिक अभियन्ताहरुमध्येबाट नेपाली छोरी इन्दिराको नाम छनोटमा परेको अर्को पटक हो । यस अघि पनि उनले यस्तै खालको अन्तर्राष्ट्रिय समान पाइसकेकी छन् ।


  बास्तवमा यी नेपाली चेलीले देशका  हजारौ असाहय तथा बेसाहारा वालवालिका,हजारौ बेसाहारा दिदी बहिनी र सयौ मानसिक रोगीहरूको ‘आमा’ बनेर आश्रय दिँदै र तिनको जीवन फेर्ने अथक प्रयत्न गर्दै आएकी छन् । उनीसँगै अन्तिम ३ महिलाको सूचीमा इन्दिराका साथै थाईल्याण्डका अविस राइडआउट र हङकङकी मारिया ल पनि परेका छन् । यी विजेतालाई उच्च सम्मानका साथै नगद रु.१ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ । अवार्डको अन्तिम ३ को सूचीमा पुग्न सफलहरुबाट नै एक जना अवार्ड विजेता छनोट गरिनेछ । सिफारिसमा परेका दोश्रो र तेश्रोले जनही ५० हजार डलर पुरस्कार पाउनेछन् ।

      बाल बालिकाको शिक्षा, स्वास्थ र श्रम गर्न सक्ने सबैका लागि रोजगारीका साथैं विविधता र स्थायित्व बिना मानबीय विकास असम्भव हुन्छ भन्ने कुराको पक्षपोषण गर्दै आएकी सामाजिक अभियन्ता इन्दिरा प्रिजनर्स एसोसियशन नेपाल(पीए नेपाल) नामक संस्थाको संस्थापक अध्यक्ष हुन् । उनको नाम नेपाल नेपालबाट रोटरी क्लव अध्यक्ष रमा कँडेलले त्यो पुरस्कारका लागि सिफारिस गरेकी थिईन । कँडेल बाग्मती रोटर्री क्लवको अध्यक्ष छन् । त्यस क्लवले इन्दिराले नेपालमा गरिरहेको कामको सुक्ष्म अनुसन्धान गरी नेपालबाट इन्दिराको नाम चयन र  सिफारिस गरेको थियो ।


  यी समाजसेबी महिलाको पहलमा देशका बिभिन्न भागमा १७ वटा सामाजिक आश्रय स्थल सञ्चालित छन् । यसको केन्द्रीय कार्यालय  काठमाडौंको नयाँबजारमा रहेको छ । यसरी इन्दिराले नेपाल खडा गरिएका यी केन्द्रहरुमा सबै गरी झण्डै ५ सय बालबालिकाहरुको लालन पालन र शिक्षा दीक्षाको काम गरिरहेकी छिन्  । उनले आश्रय दिइ लालन पालन र शिक्षा दीक्षा गरेका बाल बालिकहरु हुर्के बढेर देशका बिभिन्न क्षेत्रमा कार्यरत रहेका छन् । तिनले सफल जीवन चलाइरहेको देखेर इन्दिरा खुशी पनि छन् र उनमा अझ बढी अशक्त, असहाय र कमजोर बर्गमा मानिसहरु सेवा गर्ने उत्साह पनि थपिएको छ ।  


  इन्दिराको  त्याग,तपस्या र समर्पणलाई  स्वदेशले अहिलेसम्म नचिने पनि बिदेशले चिन्दै र एक पछि अर्को सम्मान गदैृ आएको छ ।  इन्दिराले ०७० सालमा बालबालिकाको क्षेत्रमा काम गरेवापत ‘वल्र्ड चिल्ड्रेन अवार्ड’ हात पारिसकेकी छन् । स्विडेनकी महारानीको हातबाट १ लाख अमेरिकी डलरको पुरस्कार पाएर यस अघि नै चर्चा कमाएकी रानामगरले त्यो पुरस्कार बिश्वका  १ सय ८ देशका झण्डै ६० हजार विद्यालयले दिएको मतबाट प्राप्त गर्न सफल भएकी थिइन् । उनका समाजसेबी कार्यहरुले थप सफलता पाउँदै जाउन् !

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif