Thursday, 09 July, 2020    |    २०७७ असार २५ गते , विहीवार

महाशिला गाउँपालिका : गण्डकी सभ्यताको अग्रणी


२०७६ फाल्गुन २२ गते , विहीवार प्रकाशित

  • ­शरण विक्रम मल्ल, माझ्घर, लुँखु महाशिला-५



चिनारी

समुन्द्रको
सतहबाट ५४० मिटर देखि २२६६ मिटरका शिखर वोकेको अति रमणीय गाउँहरु रुपी फूलको हार अहिले महाशिला गाउँ पालिकाको रुपमा चिनिन थालेको छ । ईतिहाँसको एक कालखण्डमा समग्रमा पैयुँ -धुवाँकोट भनेर पनि जानिन्थ्यो । केहि दशक यी गाउँहरु लुंखु देउराली, पाखापानी, फलामखानी, बालाकोट, होश्राङ्दी, भोक्सिङ, तथा कुर्घा गाउँ  पंचायत तथा गाउँ विकास समितिका रुपममा खण्डित पनि भएका थिए । 

नेपालमा भएको २०६३ सालको राजनीतिक परिवर्तन पछि तत्कालिन तीनहजार एकसय सन्ताउन्न  (,१५७) प्रशासकिय गाउँ इकाईहरुलाई पुनर्संयोजन गरी ७४४ स्थानीय तह संयोजन हुँदा पर्वत जिल्लामा साविकका पाखापानी, लुँखु देउराली, होश्राङ्दी, बालाकोट, भोक्सिङ, फलामखानी गाउँ विकास समितिहरू तथा कुर्घाका ७ र ८ वडाहरूलाई समेटेर महाशिला गाउँपालिका बनाइएको छ। महाशिला गाउँपालिकाको कूल जनसङ्ख्या ९,८५७ रहेको छ । यसको क्षेत्रफल ४९.३८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बालाकोट गाविसको कार्यालयमा राखिएको छ ।धुवाँकोट महाशिला क्याम्पस लगायत, आधादर्जन माद्यमिक- दर्जनौ प्राथमिक बिद्यालय, १५ शैयाको अस्पतालको तयारी, प्रहरी चौकी, हुलाक, बाणिज्य बैक, कृषि-बन-पशु  शाखा कार्यालय, बिधुत सब स्टेसन, इन्टरनेट-दूर संचारको सहजता, प्राचिन देउराली बजार , शौचालय र पानीको व्यवस्था भएको, सबै वड़ालाई कच्ची मटर बाटोले जोडेको, शिद्धार्थ राजमार्गबाट २५ किलोमिटर मात्र टाढा, प्राकृतिक रुपमा अति मनोरम मुलुकको थोरै गाउँ जसको प्रगतिका सम्भावना अनन्त रहेको गाउँ पालिका मध्ये एक महाशिला । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा फलेवास नगरपालिका तथा दक्षिणमा पैयूं गाउँपालिकासम्म फैलिएको छ ।

दुर्लभ सुन्दर खुला संग्राहलय महाशिला गाउँ पालिका

समाजविदहरुले नेपाललाई सप्त-कोशी सभ्यता, बागमती -पाशुपत्य सभ्यता, गण्डक सभ्यता, लुम्बिनी सभ्यता, तथा कर्णाली-सिंजा सभ्यता भनि पांच सभ्यताको रुपमा ब्याख्या गरेका छन् । काली गण्डकी, त्रिशुली, बुढी गण्डकी, मर्स्याङ्ग्दी , सेती गण्डकी, दरौंदी यी सप्त गण्डकीको प्रभाव भूभागलाई "गण्डकी सभ्यता" को क्षेत्र मानिएको छ । यो क्षेत्र बैदिक काल देखि ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा रहेको मानिएको छ । देविभागवत लगायत धेरै हिन्दु धार्मिक ग्रन्थहरु अनुसार सति वृन्धाले बिष्णु भगवानलाई तिमी पत्थरमा परिणत होउ भनि श्राप दिए पछि बिष्णु भगवान शालिग्राम कालो पत्थरको रुपमा कृष्ण गण्डकीको तटमा अवतरित भएको बर्णन गरिएको छ । शालिग्रामको केन्द्रमा बहुमुल्य स्वर्ण-धातु रहेको हुन्छ । 

हिन्दु धर्मालम्वीहरुले  साक्षत बिष्णु भगवानको रुप मानी संसारको एकमात्र नदी काली गण्डकीको तटमा पाईने यस दुर्लभ पवित्र श्रीशालिग्रामलाई घरघरमा नित्य पुजा गर्ने प्रचलन छ । मानिसहरु श्री शालिग्रामको संग्रहले मात्र आफुमा
'जीवन धर्मी-न्याय परायण , श्री सम्पत्ति , सुरक्षित, असल स्वास्थ्य, सुखी, आध्यात्मिक' जस्ता छवटा गुणले बास गर्दछ भन्ने गहिरो विस्वास राख्छन । महाशिला गाउँ पालिका यहि पवित्र काली गण्डकी किनारमा अवस्थित, सेती खोला जसलाई पैंयुखोला भनेर पनि जानिन्छ को उद्गम स्थल, देवी-देवादीले विचरण गरेको, ऋषि मुनि महापुरुषहरुले शिद्धि प्राप्त गरेको पवित्र रमणीय तपोभुमि हो ।

महाशिला गाउँ पालिका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक महान धरोहर बोकेको सुन्दर मानव वस्तीको रुपमा बिध्यमान छ । यस गाउँ पालिकामा रहेको अद्वेत्तिय पवित्र महाशिला, ऐतिहासिक चौबिसे राज्यको राजधानी पैयुँकोट दरवार, धुवाँकोट, भरत तपस्वी-गंगाधर गुफा, शक्तिपीठ गुफा, चिसापानी काली , देउराली डांडा शिवालय, बसाह अवातार दुक्तान, लामे बौद्ध गुम्बाऐतिहासिक गोलि हान्ने ढुंगा, बज्र मानिकोको पहरो, बालारानी बालाकोट, प्रशिद्ध धुवाँकोटे फलाम खानी, रमाईलो एक्काने (हलोगाडे) चौर, मृग, चितुवा , बँदेल, दुम्सी, कालिज, च्याखुरा जस्ता विभिन्न जीव जन्तु र चराचुंगी एवं दुर्लभ जडिबुटी, लाली गुराँस, खर्सु, चिलाउने, पैंयु, उत्तिस, ओखर, चाँप, सल्ला जस्ता पहाडी प्रजातिका वनस्पतिले  भरिएका चिसापानी देवीस्थान बन, गोर्लांगको बन , दांसिंगको बनले यस गाउँ पालिकाको छुट्टै महत्व थपेको छ ।

दर्जनौ पोखरीहरु
,  गाई बस्तुका चरानका लागि  घाँसले भरिएका चौरहरु, कलकल कन्चन, निर्मल पानी  बग्ने अनगन्ती खोला-खोल्सीहरु, खेतिपातिका लागि पाहरिला गराहरु, सुर्योदय र सुर्यास्तको मनोरम दृश्यका साथै धौलागिरी, निलगिरी र अन्नपुर्णको चित्ताकर्षण गर्ने दृश्यावली  अवलोकन गर्न सकिने घरआँगन पिंढीहरु महाशिलाका आकर्षण हुन् ।

बाहुन, छेत्री, ठकुरी, गुरुङ, मगर, दमै, कामी, सार्कीको अपुर्व संगम महाशिलाको अर्को विशेषता हो । लुँखेली पन्चेबाजा, धुवाँकोटे फलाम , भोक्सिंगको आलु, सुबेद्रीखर्कको दुधालु भैसी, लामे-दुक्तान, भोक्सिंग-देउरालीखोला र लाम्तुन, अर्गाउदि , बालाकोट सात गुरुङगाउँका पितृमोक्ष अर्घौं संस्कृतिले गण्डकी सभ्यता बिकासमा बिशेष स्थान लिएका छन् । बास्तवमा महाशिला गाउँ पालिका प्रकृति र मानव सभ्यताको अनुपम सर्वाधिक महत्व  राखने  दुर्लभ  सुन्दर खुला संग्राहलय भन्दा अतिसयोक्ति नहोला । 

साविक लुँखु देउराली गाविसले महाशिला
गाउँ-पालिकाको वडा . पाँचको रुपमा आफ्नो परिचय बनाउन पुगेको प्रकृतिले कालिगारी भरेको यो गाउँ दुर्लभ-अलौकिकता  आकर्षणको भण्डारनै भन्दा अतिसयोक्ति नहोला यसैको पूर्वी पाटो लगभग पश्चिम फर्केको घमाईलो रमाईलो पाखोमा समुन्द्रको सतहबाट करीव १४०० मिटरमा पृथ्वीको उपरी सतहमा भीमकाय सुन्दर शीला अवस्थित यो १०५० फीट गोलाकार १२० फीट उचाई रहेको पवित्र शिला हो यसैलाई महाशीला भनेर चिनिन्छ हुनत लामालामा पहराहरु जसको एकपाटा पहाडमा टाँसिएका यो भन्दा विशाल नेपालभरि जहाँकहि हुन पनि सक्लान तर यो जसरी पृथ्वी सतहमा उभिएर वसेको यसलाई चारैतिरवाट परिक्रमा गरी अवलोकन गर्न सकिन्छ, यो आफैमा अदभूत दुर्लभ शिलाको रुपमा उभिएको विशालकाय शिलाको एक पटक परिक्रमा गर्नलाई -आफ्नो गती अनुसार १० मिनट देखी २५ मिनटसम्म लाग्न  सक्द्छ । 

पवित्र महाशीला : जोडिएका कथाहरु

केहि बर्षदेखि पर्वत जिल्ला बिकास समितिले जिल्लाको पर्यटकीय गन्तब्य स्थलको रुपमा  महाशिलाको  प्रचार प्रसार र सम्वर्धनमा सहयोग गरिरहेको  छ । तत्कालिन गाविस तथा यहाँका समाज सेवी, संघ सस्थाहरुले पनि यसको विकासको लागि चिन्तन गर्ने क्रम बढी रहेको अवस्थामा लुँखु देउराली गाविस लागायत, पाखापानी ,फलाम खानी, बालाकोट , ह्रोसान्ग्दी , भोक्सिंग , लामे दुन्क्तान मिलेर गाउँपालिकाको नाउँ नै महाशिला राख्ने सहमति देखाएर महाशिलाको थप महिमा बढाएका छन् । तत्कालिन लुंखु देउराली गाउँ बिकास समितिमा अवस्थित पवित्र अद्वित्तीय बिशाल भिमकाय महाशिलाको नाम बाटै पुनर्संयोजित गाउँ पालिकाको नाम राखिदा ओझेलमा परेको महाशिलाको चर्चा ह्वात्तै बढेको छ ।

महाशिलालाई
सवै भन्दा ठूलो भएकोले मालढुंगा, पछि दुरीनाप्ने मापांकनको चलनसंगै यसको एक फन्को मार्न लगभग एकमाईल हिडेझै समय लाग्नेहुँदा  एकमील हुदै मेलढुंगा नामले वोलाईन थालियो पनि भनिन्छ वास्तवमा महादेव शिवले यस पबित्र तपोभूमिमा ऋषीमुनिहरुको शान्ति भंग गर्न उत्पात माच्चाइरहेका दुष्ट दानवहरुलाई नाशगर्ने उद्धेश्यले स्वयं आफ्नो पृय वाहन नन्दीको रुपमा विशालकाय रुपधारण गरी आई सवै दुष्टहरुलाई नाश गरेछन    तर यस युद्धमा नन्दीको एउटा सिंग भाँचिएछ शिलामा परिणत भएछन यसैले महाशीलालाई एकसिंग भएको नन्दीको रुपमा पनि  कल्पना गर्न सकिन्छ



(महाशिलाको आगनेयी दिशामा नन्दिकै रुपमा विराजमान)

भाँचिएर
  भुईमा झरेको सिङ्ग पनि शिलाको पूर्वी दक्षिण आगनेयी दिशामा नन्दिकै रुपमा विराजमान छन् त्यसपछि शिवजीले शिलाको रुपमा छाडी – "जसले प्रसादीको रुपमा दुध-घ्यू शखर पानी चावल मिलाई  खीर पकाउन अग्नीमा राखी शिलालाई परिक्रमा गरी पुजाआर्चना गर्दछ, शिलालाई अर्पण गरेको खीर आफूले पनि ग्रहण गर्दछ अरुलाई पनि बाँडदछ भने त्यसको मनोकांक्षा  अवश्य पुरा हुनेछ"  भनी आकाश वाणी हुदै महादेव शिव अन्तरध्यान भएको हो भन्ने किंवदन्ती सुन्न पाईन्छ यी साक्षत देवादीदेव महादेव शिवको रुपहो भन्ने विश्वास सर्वसाधारणमा रहेको प्रसादीको लागि दुध-घ्यू, शखर, चावाल, जल राखी खीर पकाउन अग्नीमा राखी महाशिलाको परिक्रमा गरी सक्दा खीर पाकी सक्ने हुँदा महाशीला प्रति मानिसको आस्था वढिरहेको पाईन्छ

केही वर्षदेखि गाउँलेहरुको सरसल्लाहवाट यस पवित्र शिलाको नित्य पुजाअर्चनाको लागि एकजना स्थानीय तपस्वी श्रीपं.रमाकान्त उपाध्यायलाई सामान्य कुटी वनाई राखिएको


एउटा अकल्पनीय आश्चर्य:

विक्रम संवत २०६५ सालमा जब महाशिलाको पुजाआजाको लागि तपस्वी श्रीपं.रमाकान्त उपाध्यायलाई राख्ने सल्लाह भयो तर त्यहाँ महाशिलाको नजिक  पिउने जल नहुँदा  यसको समस्या कसरी समाधान गर्ने भन्ने चिन्ताले सवैलाई  सतायो सोच्दासोच्दै पुजारीलाई पदास्थापन गर्ने तय भएको वालचतुर्दशीको दिन पनि आईपुग्यो एक फन्को घुमाउन ७०० हात भन्दा वेशी लामो तोरण लाग्ने भएकोले गाउँलेले मिली तोरण वाटे, वरपीपल, पाती, लालुपाते फूलहरु तोरणमा उन्दा एकजानाले वोक्न सक्ने कुरा भएन तामदान वनाई त्यसमा तोरण हाली चारजनाले वोकी वाजागाजाकासाथ महाशीलामा पुग्दा त्यहाँ आश्चर्य देखियो महाशिलाको पींधवाट निर्मल जल वगिरहेको थियो । यो देखे पछि सवैले महाशिलाको कर्तलध्वनिले जयजयकार गरे । झण्डै ७० वर्ष अगाडि जतिवेला तीनै तपस्वी वालतपस्वीको रुपमा महाशिलामा रहँदा महाशीलाको फेंदमा जल यसरीनै वगीरहन्थ्यो । जव महाशिलाको नित्य पुजा-आज हुन छोड्यो, पानी सुकेर गयो । फेरी गाउँलेहरुले महाशिलाको पुजाआजा गर्ने निधो गरे पानी पलाएर आयो । यसैले महाशिला साक्षत शिवजीको रुप भएको कुरा यस भेकका वासिन्दाहरुमा विश्वास अझ वलियो भएको छ । महाशिलाको दर्शन मात्रले पनि कल्याण हुने गहिरो जनविश्वास छ ।




किराँतहरुको आराध्य देवता महाशिला :

लुँखु
धुँवाकोट ढुँगाको अनुपम संगमले भरिएको सुन्दर गाउँ हो सुन्दर पहरा, रमाइला ओडारहरु,चट्टान माथी उम्रेर मनमोहक रुपमा फुल्ने लालिगुराँस्, विभिन्न लहराले जेलिएर  लस्करलागी  उभिएका मनचिन्ते आकृतिका अनगन्ती ठुल्ठुला शिलाहरु देखे पछि लुँखु पुगेका खोटाङ हलेसिका युवा समाजसेवी राजनीतिकर्मि अमेम्वर राईले भने "लुँखु" भनेको किरात भाषामा ढुँगाको पर्वत हो, हाम्रा पुर्वजहरुले कुनै कालखण्डमा यहाँ विचरण गरेको हुनु पर्दछ्, उनिहरुले ढुँगाको पर्वतले बनेको यो ठाउँ देखेपछी "लुँखु" भनेए नाम दिए होलान् । यसबाट महाशिला किराँतहरुको पनि आराध्य देव हुनसक्ने विश्वास गर्न सकिन्छ यसको प्रचार्-प्रसारको जरुरी मैले संयोगले महाशिलाको दर्शन गरे आउँदा दिनमा लाखौँ किराँत आफ्नो आराध्य देवको दर्शन गर्न आउनेछन्

महाशिलाको पवित्र गर्भ-गृहय : श्री महायोगी स्वामी नारायणको तपस्या स्थल

महाशिला साक्षत महादेवको प्रतिरुप हुनाले, घरेलु धार्मीक तीर्थयात्री मात्र होइन मित्रराष्ट्र भारतका मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरुको लागि पनि थप आकर्षणको गन्तव्य तीर्थ स्थल हुने ठूलो सम्भावना रहेको छ । 

"महाशिला"लाई भारतीय सुविख्यात समाज सुधारक्, श्री स्वामिनारायणले आफ्नो ज्ञान प्राप्तीको अभियानमा सन १७९२(९३ तिर १० वर्षको उमेरमा लुँखु उद्गम स्थल रहेको पैयुँखोला कृष्ण गण्डकीमा समाविष्ट हुने समयमा सेतीखोलाको नाममा परिवर्तित हुन्छिन सेतीबेणीको रुपमा जानिन्छ, यही संगममा अवस्थित) महशालीग्रामको दर्शन स्नान गरे पश्चात पैयुँ खोलाको किनार- किनारै हिंडी महाशिलाको दर्शन गर्न पुग्दछन । महाशिलाको पूर्वी खण्डमा रहेको गर्भ गृहयमा ध्यानमा बसी सहश्र धाराको स्नान गर्दै मुक्तिनाथ पुगेका थिए । मुक्तिनाथको स्नान दर्शन गरी संसारकै सवैभन्दा गहिरो गल्छी नीलगिरी हिमश्रृखलाको काखमा रुप्से छाँगाको नजिकआई १३ वर्षको उमेरमा तपास्या गरी शिद्धिप्राप्त गरेका थिए ।

उनको नाममा निर्मित दिल्लीकोअक्षरधाम आधुनिक भारतमा अतुलनिय दर्शनीय स्थलको रुपमा विकास भएकोछ । यहाँ दिनमा हजारौं  दर्शनार्थीको घुइचो लाग्ने गर्दछ ।  अक्षरधाममा गै वर्षको एकपटक मुक्तिनाथको दर्शनको निम्ति स्वामी नारायणले शिद्धिप्राप्त गर्न हिडेको वाटो–कालिगण्डकी ए जलविद्युत परियोजनाको जलाशयको जलविहार, सेतीवेणीको स्नान र महाशालीग्रामको दर्शन, लुँखु देउराली धुवाँकोटको साक्षत महादेव–महाशिलाको दर्शनवाट प्राप्तहुने आनन्द र पूराहुने मनोकामनाको महत्व प्रचार गर्न सकेमा मात्र पनि यो वाटो भै मुक्तिनाथको दर्शन गर्न जाने हजारौको संख्यामा भारतीय तीर्थयात्रीले यात्रा गर्ने छन् ।


(श्री महायोगी स्वामी नारायणको योगास्थल गर्भ गृह )

यसको लागि पद यात्रीलाई पैदल मार्गको उचित प्रवन्ध, घोडा चढेनेलाई घोडाको प्रवन्ध, मोटरमा चढ्न चाहनेलाई, व्यवस्थित मोटरबाटोको प्रवन्ध, तीर्थ यात्री पाहुनाको लागी सुपथ स्तरीय आवाशको व्यवस्था मिलाउन यस क्षेत्रले एकीकृत योजना बनाउन आवश्यक छ महाशिलालाई प्राकृकि रुपमा आकर्षक श्रृगार गरिनु आवश्यक पर्दछ  महाशिला प्रशिद्ध तीर्थस्थल वन्ने सम्भावना धेरै अहिले देखिनै स्थानीय जन साधारणहरुलाई प्रत्यक्ष परोक्षरुपमा हुने लाभको वोध गराई समग्र ग्रामिण पर्यटकीय अभियानमा अभिमुख गराउनु जरुरी देखिन्छ।

पैयुँकोट: पैयुँ दरवार


इतिहाँसविद  बालचन्द्र शर्मा लगायत विभिन्न ईतिहांसविदहरु द्वारा चौबिसे राज्यको इतिहांसमा लेखिएको छ
-पाल्पाली सेन वंशिय राज्य बिस्तार पुर्वमा तिस्टासम्म पुग्यो, यसरिनै पच्छिम उत्तर बलियो पर्वत राज्य, पुर्वतिर शाहहरुको चल्खेल यो सबैलाई हेरेर चौबिसे राज्य कालमा बि. सं. १५०२ तिर आले, राना, चितौरे र थापा चार थुम मगर नाइकेहरुले सहमती गरी क्षत्रीय बंसका राजा बनारसको उत्तर घाँसपानीका राजपुतकोगाउँ बाँसी पुगी त्यहाँका राजाका जेठा  छोरा रामसिंह प्रताप सेन नामगरेका र उनकी गर्भिणी पत्नी ईन्द्रावती  सहित मागेर ल्याइ पैयुँ राज्यको स्थापना गरेका थिए । महान इतिहाँस बोकेको ऐतिहाँसिक पैंयु राज्यको राजधानी पैयुँकोट दरवार र यसको पूर्वी किल्ला धुवाँकोट, महाँशिला गाउँ पालिका भित्रका प्रचार प्रसारको अभावमा लुकेका दर्शनीय स्थल हुन   

युवराजकी  गर्भवती रानी आउँदा-आउंदै बाटमानै सुत्केरी हुन्छिन, रानीलाई र नवजात बालकलाई नुहाउने काम भएछ त्यस ठाउँलाई रानीपानी भनिन्छ ।  यसरिनै पैँयु राज्यको राजधानी नजिकै, सबै जनतालाई राजा ल्याइएको खुशियालीमा भोज दिइएछ । त्यस भोज-भत्यार गरिएको ठाउँलाई भत्यारपाटा भन्न थालिएको हो ।

बिशाल पर्वत राज्यले पैयुँ क्षेत्रमा रहेको प्राकृतिक सम्पदा प्रति आँखा गाडिरहेको थियो । खाडी गोरल्याङ क्षेत्र फलाम्
, ताँमा खानी समेत लुँखु, भोक्सिङ्, चिर्दी आदि् ठाउँमा सन्चालन भै सकेकोले यसमा छिमेकी राज्यको आँखा पैयुँ राज्य माथि  लाग्नु स्वभाविक पनि थियो । यदि् वीचमा काली गण्डकी नभै दिएको भए पहिलेनै पर्वतले पैँयु क्षेत्रलाई १६ हजार पर्वतमा मिलाई सक्ने थियो । यद्यपि पर्वते राजा नागबम मल्लले दुर्लुङ्ग हुदै गुरुङ राजालाई हराई ग्यांदीसम्म आफ्नो राज्य बिस्तार गरिसकेका थिए । यसैले यी साना भुरे टाकुरे राजाहरुले समयमा नै बुद्धी पुर्याउने काम गरी एउटा सम्पन्न पैँयु राज्य निर्माण गरे । सेन वंसिय राजपुत राजा भए पछि पर्वते राजपरिवारसँग वैवाहिक सम्वन्ध पनि जोडियो  यसरी पैँयु राज्यलाई लामो समयसम्म सम्पन्न चौविसे राज्यको रुपमा रहन  सहज भयो। 

महाकाली शक्तीपीठ गुफा 




महाकाली शक्तिपीठ गुफा
महाशिला पछि लुँखुको पुछार नियाँली गाउँ मुनी रहेको समुन्द्र सतह देखी झण्डै  ५४० मिटरको हाराहारिमा महाकाली शक्तीपीठ गुफा र गंगाधर भरत तपस्वी गुफा महाशिला गाउँ पालिकाका प्रकृतिका अद्भुत कालिगरिले भरिएको दर्शनीय पवित्रभुमी रहेका छन । यी दुई गुफाहरु मद्द्य पिंध तल्लो चाहिलाई  २२६६  मिटर उचाईको शिखरमा रहेकी चिसापानी महाकालीको आसनको रुपमा लिईन्छ । यसैले यो गुफालाई शक्तिपीठ गुफाको रुपमा जानिन्छ । 

पवित्र जल प्रवाहित अद्भुत गंगाधर-भरत तपस्वी गुफा 

महाकाली शक्तीपीठ गुफाको लगभग १०० मिटर माथि अर्को अद्भुत गुफा छ जसलाई "गंगाधर भरत तपस्वी गुफा" भनि जानिन्छ । जहाँबाट झन्डै एउटा पानीघट्ट चल्न सक्ने पवित्र स्वच्छ जल  निरन्तर बगिरन्छ । यस गुफा भित्र स्थानीयहरु ३३ मिटरसम्म पस्ने गरेको र  व्यवस्था मिलाए अगाडि पनि पस्न सकिने बताउछन । यस भित्रको मनमोहक चित्ताकर्षक दृश्य हेरेर कहिलै मन अघाउदैन
, घण्टौ बसिरहुँ जस्तो मनमा लाग्छ । । जुन अपुर्व, अद्भुत प्राकृतिक कालिगढीले भरिएको यस गुफाको वर्णन कहिलै अन्त्य हुने छैन ।



(गंगाधर भरत तपस्वी गुफा  भित्र)
 

यहि गुफामा द्वापर युगमा पाण्डव कौरवका पूर्वज राजा दुश्यन्त र रानी शकुन्तलाकी पुत्र भरतले सौर्य प्राप्तिका निमित्त  तपस्या गरेको कथा छ ।  यसैले यो गुफाको महत्व  ठुलो छ र भोलिका दिनमा प्रचारप्रसार हुन सके यस गाउँको कुरा छाडौ गण्डक प्रदेश–नेपालको मात्र पनि होइन
, सम्पर्ण भारत वर्षकै हिन्दु धर्मावलम्वीहरुको निम्ति पवित्र तिर्थ स्थल बन्ने छ । भारत फजियावादको १५ किलोमिटर नजिक रहेको एउटा स्थानले राजा रामका भाई भरतले तपस्या गरेको स्थलको नाममा "भारत कुण्ड"को नामले  प्रशिद्धी पाए झैँ "गंगाधर भरत तपस्वी गुफा"ले  प्रशिद्धि पाउने छ । 

दुक्तान गाउँको बसाह अवतार



धुवाँकोट महाशिला गाउँ पालिकाको उत्तर पुर्बी गाउँ दुक्तानमा बसाह अवातारको अद्भुत  शिला रहेको छ । यो गुरुङहरुको वस्ती रहेको गाउँ हो । शिवजीको वहान वसाहलाई यहाँका गुरुङ जातिले आफ्नो ईष्ट देवताका रुपमा सभक्ति पुजाआज गर्छन । प्रत्यक वर्ष बालाचतुर्दशी ( शिवरात्रिको पर्व) धुमधामले मनाइन्छ । टाढाटाढाबाट पर्व हेर्न र दर्शन गर्न आउनेको उल्लेख्य उपस्थिति हुने गर्दछ । 

चिसापानी कालिको दर्शन र भ्यु टावर


(चिसापानी काली मन्दिर)

धुवाँकोट गाउँ पालिकाको शीर  चिसापानीमा विराजमान कालीको यस भेकमा ठुलो महिमा छ । यहाँका मल्ल ठकुरीहरुले यसलाई आफ्नो कुलदेवी मान्दछन । पर्वत राज्य माथि बहादुर शाहले बिक्रम सम्वत १८४३ माघ महिनामा तेश्रो पटकको चढाई गरी बिजय प्राप्त गरे पछि राजा कृतिबम मल्लका जेठा छोरा जबर जंग (जन्जाल)  मल्ल लगायत तीन भाईहरुले उक्त युद्धमा वीरगति प्राप्त गरे पछि  जबर जंगबम मल्लका दुई छोराहरु हिमु मल्ल र रिखु मल्ल आफ्ना कुलगुरु गोताये बाहुनको सहयोगले बाच्छा बिहादी हुदै लुँखुआई बस्न थाल्दछन । त्यसै बेलादेखि  चिसापानीको शिखरमा महकालीको  स्थापना गरि पुजाआजा गर्न थाले। पछि लुन्खेली  लगाएत वरिपरिका  बासिन्दाहरु भोक्सिंग
, पाङ्राङ, भुसाल खर्क, सिउरास, सिर्कांग, सातले , नुवाखर्क, लामे, फलाम खानी, बालाकोट अर्गाउदीका बासिन्दाहरुले पनि भाकल गरी आफ्नो ईष्ट देवीको रुपमा पुजाआज  गर्न थालेको पाइन्छ । चिताएको मनोकामना पुरा गर्ने महाशक्तिदायिनी यी कालिको विदेशबाट घर आउँदा प्रत्यक नवरथामा बाजगाजाका सहित पन्चवली दिने प्रचल व्यापक रहेको छ । 

लुंखुको देउराली डांडाबाटा चिसापानी महाकाली  देवीको दर्शनार्थीहरुलाई व्यवस्थित पैदल मार्ग बनाइएको छ । सिर्कांगबाट पनि व्यवस्थित पैदल मार्ग निर्माण हुदै छ । 

यसरीनै आहाले
, छिपछिपे, गोलीहान्ने ढुँगा हुँदै देवीस्थान सम्म पुग्ने  ट्रेकिङ्ग रुट बनाउन सके अति मनोरम हुनेछ    पैदल यात्रीहरुलाई देवीस्थानको काखको चीसो पानीले अमृतमय तृप्ती दिने छ । जुन पानीको महत्वबाटनै साढे वाईससय मिटरको उचाईको देवीस्थानको चुचुरोलाई चिसापानी  भनिएको हो । यो चुचुरोवाट धौलागीरी अन्नपूर्णको चित्ताकर्षक मनमोहक हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यहाँवाट वाग्लुङ्ग, श्याँजा, गुल्मी, पाल्पा र समग्र पर्वत राज्यलाई  हेर्न दुरवीनको सहारा लिनु पर्दैन ।  यस बिन्दुलाई पर्यटकहरुको लागि अझै सुविधायुक्त र आकर्षक बनाउन जिल्ला विकासले चासो राखी दृश्य बिन्दु (भ्यु पोइन्ट ) टावर  निर्माणको लागि आर्थिक सहयोग समेत गर्न सुरुवात गरेको छ । 

पाखुरे देउराली शिवालय : 

पाखुरे माथिको देउराली डांडामा अवस्थित शिवालयको मन्दिर धार्मिक दृष्टिले र यस स्थानबाट मनोरम दृश्यावलोकन गर्ने अवसरको हिसाबले पनि अर्को महाशिला गाउँ पालिकाको महत्वपूर्ण स्थान रहेको छ । यो  शिवालयको मन्दीर भोक्सिंगका लामिछाने ब्रह्माणहरुका धनि धर्मात्मा पुर्खाले बनाएका हुन् । यसको नित्य पुजा-आजको लागि गुठीको व्यवस्था गरि पाखुरेका अर्ज्याल उपाध्याय ब्रह्माणहरुलाई जिम्मेवारी दिइएको छ । यहाँ प्रत्येक बालाचतुर्दशिमा यस भेककै ठुलो मेला लाग्दछ। शिवाजीको दर्शन गर्न र रमाइलो हेर्न दशबाह्र गाउँका नरनारीहरुको यहाँ घुइंचो लाग्ने गर्दछ ।


लामे बौद्ध गुम्वा

लामे गाउँका गुमान सिंह गुरुंगका  काहिला  छोरा पदम बहादुर गुरुंगले  भोट मुस्ताङ्गमा गै लामा ज्ञान प्राप्त गरेर आई  आफ्नो गाउँमा स्वखर्चबाट
'लामे बौद्ध गुम्बा' बिक्रम सम्बत २०१० मा  तयार पारेका हुन् ।  पदम बहादुर 'लामा काहिला'को नामले सुविख्यात थिए । क्या. नन्द बहादुर गुरुङ उनका सहोदर दाजु हुन् यो परिवार लामेको सम्भ्रान्त  गुरुंग परिवारको रुपमा गणना हुन्छ । मुस्तांग थाकका  मूर्तिकार र चित्रकारहरु झिकाई यो गुम्बा तयार पार्न लगाएका हुन् । लामा काहिला जीवित रहुन्ज्याल यो गुम्बामा नित्य पुजाआजा गरिन्थ्यो र सर्वसाधारणको  लागि दर्शनगर्न खुला थियो । तर लामेका सबै गुरुङहरु बसाई सराई गरेकाले यो गुम्वा दशकौंदेखि बन्द रहन गयो ।  हालमा, यसको सामुहिक रुपमा पुनर्संचालनको लागि  लामा काहिलाका भाइ छोरा नातेदारहरुले युवा समाजसेवी उज्ज्वल गुरुङको  अध्यक्ष्यमा 'बौद्धधर्म सेवा संघ' गठन गरि नेपाल पर्यटन बोर्डको सहयोगमा  यसको संरक्षण सम्वर्धनको असल सुरुवात गरेका छन् । 

महाशिला गाउँपालिका भुगोलले मात्र होईन सांस्कृतिक रुपमा पनि समृद्ध रहेको छ । लामे, दुक्तान्, लाम्तुन, बालाकोट्, अर्गाउँदी, भोक्सिङ-देउरालीखोला जस्ता सुन्दर गुरुङ  गाउँवस्तीहरुको भेष-भुषा संस्कृतीको संरक्षण र सम्वर्धन गर्न सकेमा तिव्र बसाई सराई कमगरी गाउँलाई पुनर्जीवन  मात्र होईन पश्चिमी देशका पर्यटकलाई आकर्षण गर्ने उदाहरणीय आदर्श गाउँमा रुपान्तरण गर्न सकिने छ । 

नमुना पर्यटकीय स्थलको ठुलो सम्भावना

प्रकृतिको वरदान स्वरुप प्राप्त उपरोक्त संभावना वोकेको यस भेकको विकासको लागि सकरात्मक सोच वनाई हातेमालो गरी अगाडि वढेमा भविष्यमा शिक्षा स्वास्थ्य, पर्यटनमा ठूलो फड्को मार्नुका साथै यसक्षेत्रमा वन, कृषि तथा पशु विज्ञानका क्षेत्रमा अन्वेषणात्मक अनुसंधान केन्द्रहरुको स्थापना हुने कुरामा समेत कुनै शंका छैन । 

सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ। संस्कृति
, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची यही २०७५ कार्तिक १५ गते बिहिवार  सार्वजनिक गर्ने क्रममा "महाशिला"लाई पनि समावेस गर्दा पैयुँ धुवाँकोट बासीहरुलाई गर्व अनुभुत भएको छ । 

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष सरकारको रहेको थियो  ।अहिले आएर भ्रमण वर्ष सम्पन्न हुने कुरामा सबै भन्दा बेशी चीनबाट पर्यटकहरु आउने सम्भावना थियो ।  तर चीन आफै कोरोना भाइरसबाट पिरालीइ रहेको अवास्थामा नेपालको भ्रमण वर्ष पनि प्रभावित भएको छ । यो समस्या लामो समय सम्म अवश्य नै रहने छैन ।  पर्यटकहरुका लागि सिमित गन्तब्यमात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर संभावनाका वावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन थप पर्यटकीय गन्तब्य स्थलहरुको पहिचान गरी यस्तो सूचि सार्वजनिक गरिएको हो । सूचिमा ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई समेटिएको छ ।  पर्वत जिल्लाको महाशिला गाउँपालिका वार्ड नम्वर ५ मा अवस्थित "महाशिला" संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको थप सय पर्यटकियी गन्तब्य स्थलमा पर्नु खुशीको कुरा हो । 

आउँदा दिनमा महाशिला गाउँ पालिकामा रहेका अन्य प्राकृतिक मनमोहक चित्ताकर्षक कालिगरिले पनि प्रचार पाउने छन जुन बस्तुहरु मानिसले  चाहेर पनि  सिर्जना गर्न सम्भव छैनन ।  प्रायस् नेपालका हरेक चुचुरोबाट सूर्योदय र सूर्यास्त देख्न सकिन्छ जुन दृश्य २२६६ मिटरको पहाडमा बसेको बस्तीहरु रहेको महाशिलाको गाउँपालिकाका निम्ति नौलो भएन । यहाँबाट  धौलागिरी निलगिरी र माछापुछ्रेको दृस्यावलोकन भने धित मार्न सकिन्छ । 

साल-कटुसको रुखदेखि लालुपाते, उत्तिस, पैयुँ, ओखर, चाँप, गोभान, नेभारो, खनियुं, दुधिलो, सल्ला, गुराँस, खर्सुका जंगल, विभिन्न मुल्यवान जडिबुटी पाइने, फलाम-तामा खानीले प्रशिद्धि पाएको, सबै खोला-खोल्सीमा सधैं निर्मल-स्वच्छ  पानी  बगिरहने महाशिला गाउँ पालिकाले पर्यवरणीय पर्यटनको रुपमा आफुलाई अगाडी बढाउन सक्ने ठुलो सम्भावना छ । 

कालिज
, मृग, चितुवा दौडीरहने हुँदा प्रकृत्ति-जीवजन्तु मैत्री पर्यटकीय क्षेत्रको रुपमा पनि  महाशिला गाउँ पालिकाले आफुलाई स्थापित गर्न सक्ने छ । 

देउराली-खोला, भोक्सिङ्, अरगाउँदी, बालाकोट्, लामे, दुक्तान र लाम्तुन सातगाउँ गुरुङ बस्ती, मगर्, दमै, कामी, सार्की, बाहुन्, छेत्री, ठकुरी गाउँ बसेकोले बहुसाँस्कृतिक समाज आफैमा उदाहरणीय छ । सबै हाम्रा सिर्जनाहरु हाम्रो परम्परा, प्राकृतिक र प्रविधी मैत्री सोंचमा बढाउदै जानु आवश्यक छ ।  मुलुककै नमुना पर्यटकीय स्थलको रुपमा महाशिला गाउँ पालिकाले आफुलाई उभ्याउने ठुलो सम्भावना छ । 

माथि उल्लेख भएका बाहेक हामीले व्यवस्थापन र प्रचारप्रसारमा ध्यान पुर्याउनगर्न सके लुंखु गाउँ माथि गोपनी पश्चिम र चापाखाल्टा पूर्व रहेको ऐतिहाँसिक गोलिहान्ने ढुंगा र सिट्ठेनीको बज्रहानेको पहराहरुको  पनि रोचक कथाहरु छन् र आउँदा दिनहरुमा यिनिहरुले पर्यटकलाई लोभ्याउने छन्। भरपुर आनन्द दिनेछन् । महाशिलाको भ्रमणको आनन्द लिन पाहुनाहरुले कम्तिमा पनि एक साताको छुट्टी मिलाएर आउने छन् । 

बसाई  सरेकालाई वर्षको एकदुईपटक सपरिवार आउन  प्रेरित गर्ने :

सम्पूर्ण महाशिलाका
बसाई सरेका बासिन्दाहरुलाई पनि विभिन्न कार्यक्रम मार्फत महाशिलासंग सम्बन्ध सुत्र पुन गास्ने बातावरण बनाउनु आवश्यक जसको यहाँ घरवास छैन, बसाई सराई गरेको दुईतीन पुस्ता भै सक्यो केवल बाबु बाजेको जन्मस्थल हो भन्ने मात्र सम्झना , उनीहरुको संख्या हाल महाशिला गाउँ पालिकामा बस्नेको भन्दा दोबर भै सक्यो ज्ञान चेतानाको दृष्टिले, आर्थिक रुपमा, सामाजिक हैसियतको रुपमा पनि उनीहरुले देश बिदेशमा बिशेष स्थान बनाउन सफल भै सकेका छन् उनीहरु देशविदेश एक्लै वा  परिवार सहित बर्षेनी घुम्ने गर्छन, यसको लागि -आफ्नो हैसियत अनुसार खर्च गरिरहेका छन् कमसेकम उनीहरुलाई बर्षको एकदुई पटक आफ्नो पुर्खाको रमणीय गाउँ हेर्न उत्प्रेरित गराउन जरुरी छ व्यक्तिगत रुपमा वा संस्थागत रुपमा अपील गर्ने पुनर्मिलनका कार्यक्रम, झिना मसिना सम्मान कार्यक्रम राख्ने, जसबाट उनीहरुको मन छोवोस, पटक-पटक आउन ईच्छा जागोस यस तर्फ पनि निरन्तर लागीपर्न जारुरी । 

महाशीला दर्शनका लागि  वैकल्पिक मार्गहरु

यातायातको
सन्दर्भमा पोखरावाट पहिलो श्यांजानाउँडाडा सेतिदोभानकार्कीनेटा हुँदै लुँखुदेउराली, दोश्रो स्याङ्जा जिल्लाको हेलुअर्जुनचौपारी हुँदै लुंखु देउराली, तेश्रो श्यांजाकै वालिङ पर्वत हुवास हुँदै देउराली यसरीनै पर्वत लिल्लाको सदरमुकाम कुश्मा वजारवाट फलेवासकुर्घा हुँदै लुँखुदेउराली एउटा अर्को कुश्मावाटै कार्कीनेटा भै लुँखुदेउराली पुग्ने वससेवा संचालित भैराखेका छन् साविक लुँखु देउराली गाविसका नवै वडाहरुलाई ग्रामिण मोटर सडकले जोडेको साथै उत्तर दक्षिणी भेकका प्राय: सवै गाविसहरुवाट कच्ची मोटरबाटो आई नौवटा सडकहरुको यहाँ अदुभुत संगम वनेको महाशीलाको दर्शन गर्न चारै तिरवाट आउन सुगम हुदै गएको । 

यसरी भौगोलिक रुपमा पर्वत जिल्लाको दक्षिण भेकको मध्य विन्दुको रुपमा रहेको लुँखुदेउरालीलाई पर्वत जिल्लाको सदरमुकाम कुश्मावाट फलेवास कुर्घा हुदै लुँखु देउराली सरौंखोला, हुवास, त्रिवेणी सेतीवणी कालो पत्रे वनाउन सके यस भेकले आर्थिक उन्नतीमा फड्को मार्ने आधुनिक विकासको पूर्वधारले पनि लुँखुदेउराली केन्द्रविन्दु वन्ने प्रकृयामा अगाडि वढिरहेको




(
रमणीय देउराली भन्ज्यांग बजार)

आमुल आर्थिक परिवर्तनको कडी महाशिला: 

महाशीला मात्र होईन यसक्षेत्रमा रहेका चिसापानी देविस्थान, डहरे आदिलाई धौलागिरी, नीलगिरी, माछापुछ्रे समग्र धौलागिरी तथा लुम्विनी अञ्चलको मनोरम दृश्यावलोकन विन्दु (View Point) इन्टरनेट सुबिधाको पहुँच, प्यारा ग्लाइदिङ्ग संचालन गर्न सकिनेछ प्रशिद्ध धुवाँकोटको फलामखानीको पुनर्संचालन हाललाई  कसरी हाम्रा पूर्वजहरुले फलामको धाउ निकाल्थे कुन विधिले प्रसोधन गर्थे सो दर्शाउने  चित्र, वित्त चित्र, मुर्ति आदिको संग्राहलय बनाउन आवश्यक  शिलैशिलाको बगैचा(Rock Garden), व्यवस्थित पैदल मार्गको निर्माण, लाली गुराँशको वगैचा मनी वसेर सूर्योदय सूर्यास्तको चित्ताकर्षक दृष्यावलोकनको व्यवस्था, घरघरमा पाहुनाको लागि Home stayको व्यवस्था हाम्रा आफ्नै गायक कलाकार द्वारा गीत-भजनको रचना गरि महाशिला लगायतका माथि महत्व प्रकाश । कालीगण्डकी जलविद्युत परियोजनाको किलोमिटर लामो जलासयको स्टिमरयात्रा, सेतीवेनीको पवित्र महाशालिग्रामको दर्शनगर्दै महाशिलाको दर्शनको लागि पदयात्रा आनन्द लिदै चिसापानी देविस्थानको दर्शन, त्यहाँ पुगेर गरिने दृश्यावलोकन, पौराणिक गोलीहान्ने ढुंगाको दर्शन पाराग्लाइडिड्डद्वारा स्वर्गिय आनन्द प्रदान गर्नसकिनेछ पोखरावाट केवल ७० किलोमिटर पश्चिममा रहेको यस रोमाञ्चक धार्मिक, ऐतिहासिक, प्राकृतिक सम्पदाले भरीपूर्ण क्षेत्रले पोखरापुग्ने जोकोही पाहुनाहरुको निमित्त एउटा अर्को आकर्षक गन्तव्य स्थल वन्नेकुरा निर्विवाद जसवाट सर्वसाधारणको आर्थिक स्थितिमा आमूल परिवर्तन हुनेछ  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif