Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

ललितपुर साकोस समिट स्थगन


२०७६ फाल्गुन १९ गते , सोमवार प्रकाशित

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा फागुन २२,२३ र २४ गतेकालागि तय भएको समिट अर्को सूचना नआए सम्मका लागि स्थगित भएको छ । 

बचत संघले एक विज्ञप्ति जारी गर्दै चौथो ललितपुर साकोस समिट–२०७६ स्थगित गरिएको जनाएको छ । 

चीनको उहान प्रान्तबाट फैलीएको कोरोना भाइरस (कोभिड–१९) महामारीको रुप लिन थालेकोले यसको जोखिमलाई मध्यनजर गर्दै समिट स्थगित गरेको संघले जनाएको छ । 

सरकारले नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम लगायत अन्य धेरै मानिसको जमघट हुने कार्यक्रमहरु नगर्न कुनै पनि सभा सम्मेलन, गोष्ठी, भोज भत्तेर जस्ता धेरै मानिसहरु जमघट हुने कार्यक्रम नगर्नु, नगराउनु भन्ने सुचना जारी गरेपछि समिट स्थगित गरेको संघको विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै फागुन १९ गते बसेको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको आकस्मिक संयुक्त बैठकको निर्णयानुसार अर्को सुचना वा जानकारी नभए सम्मका लागि समिट स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif