Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

विदेशमा गरिने पर्यटन प्रचार स्थगित गर्ने


२०७६ फाल्गुन १८ गते , आईतवार प्रकाशित

 पर्यटनमन्त्री योगेश भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालले विदेशमा गर्ने पर्यटनको प्रचारप्रसार हालको लागि स्थगित गरिने बताएका छन् ।र।जधानीमा पर्यटन प्रबद्र्नका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तत्कालका लागि विदेशमा गरिने कार्यक्रमलाई स्थगित गर्ने बताएकाा हुन ।

‘तत्कालका लागि विदेशमा हुने पर्यटन प्रचार प्रसारको कार्यक्रमलाई केही समय स्थगित गर्दै हामी देशभित्रको पर्यटन प्रबद्र्धनको काममा बढी केन्द्रि हुनेछौं,’ उनले भने कोरोना भाइरसका कारणले चीनबाट आउने पर्यटनको संख्यामा उल्लेख्य कमी आएको थियो । अध्यागमन विभागका महानिर्देशन ईश्वरराज पौडेलका अनुसार पहिलेको तुलनामा नेपाल आउने चिनियाँ पर्यटको संख्या ७५ प्रतिशतले कमी आएको बताए ।

‘पहिले दैनिक औसत २२÷२३ सय चिनियाँ पर्यटक आउने गरेकोमा अहिले त्यो संख्या घटेर ३ देखि ४ सयमा सीमित भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा राखेको थियो । त्यस्तै, केही समय अघि मात्रै पर्यटनमन्त्री भट्टराईले नेपाल कोरोनामुक्त रहेको सन्देन दिने चिनियाँ भाषामै सामग्री तयार पारी चीनका सञ्चारमाध्यमबाट प्रसारण गर्ने बताएका थिए । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif