Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

पावरमा नभएकोले यूवाहरुका लागि केही गर्न नसकेको गुनासो


२०७६ फाल्गुन १८ गते , आईतवार प्रकाशित


शहबाज खान

  कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगरद्वारा आयोजित १८औ इन्डो–नेपाल क्रिकेट टूर्नामेण्ट २०२० को फाइनल खेलमा चितवनलाई हराएर  गोण्डां बिजेता भएको छ। 
    क्रिकेट प्रतियोगताको उद्घाटन फागुन ८ गते कृष्णनगरको चर्चित ठाउँ रानी फिल्डमा भएको थियो । प्रतियोगितामा नेपालका बिभिन्न जिल्लाबाट आएका ४ टिम र छिमेकी  राष्ट्र भारतका बिभिन्न जिल्लाबाट आएका ४ टिमको बीचमा प्रतियोगिता भएको जानकारी जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगरका अध्यक्ष सुहेल खानले दिएका हुन् ।
  बेमौसमी पानी पर्दा रानी फिल्ड अलि व्यबस्थित र ढल निकास न भएकोले बिचमा प्रतियोगिता स्थगित गरी फागुन १७  फाइनल प्रतियोगता श्रीराम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र छिमेकी  भारतको गोण्डा टीमका बीच प्रतिस्पर्धा भएको  थियो ।
     प्रतियोगितमा बिजयी र उपबिजयी  दुबै टोलीलाई  उद्योग वाणिज्य संघ कृष्णनगरको सभा कक्षमा पुरस्कृत गरी प्रतियोगिता  समापन गरिएको थियो ।     पुरस्कार बितरण तथा समापन कार्यक्रमको प्रमुख अतिथि कपिलबस्तु क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, बिशिष्ठ अतिथि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह, सशस्त्र प्रहरी बल नेपाल नं३९गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाही, नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कृष्णनगरका प्रमुख शेख मकसूद आलम, अतिथिमा २ नं वडाध्यक्ष संजय कुमार गुप्ता, राहुल प्रताप शाह, विनय कुमार शर्मा लगायत क्रिकेट प्रेमी तथा पत्रकारहरुको उपस्थिति थियो  । 

  प्रमुख अतिथि शाहले आयोजक क्लब सहभागी खेलाडी र नगरप्रमुख रजत प्रताप शाहको खुलेर प्रशंसा गरे । कृष्णनगर १ छितौनीमा खाली रहेको ऐलानी जग्गामा नगरपालिकाले बनाउदै गरेको क्रिकेट खेलमैदानको प्रसङ्गमा यदि उक्त जग्गामा खेलमैदान बनाइ संरक्षण नगरीकन छोड्यो भने कृष्णनगरका भू–माफिया दलालहरुले प्लाटिङ गरेर बेच्न सक्ने कुरा उठाए । आफुले ३ बर्ष लगातार चुनाव जितेर कुनै विशेष ठाउँ नपाएकोले आफू सोचे जस्तो युवाहरूको लागि केही विशेष काम गर्न नसकेको प्रति आफू लज्जित भएको समेत उनले गुनासो पोखे । 
    फाइनलमा बिजेता गोण्डालाई रु १ लाख नगदसहित बिजेता सिरिज र उपबिजेता चितवनलाई रु ५० हजार नगदसहित उपबिजेता सिरिज सम्मान सहित पुरस्कार बितरण गरिएको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif