Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

चन्द्रागिरि साकोसलाई एशियाली ऋण महासंघको सदस्यता


२०७६ फाल्गुन १६ गते , शुक्रवार प्रकाशित

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंले एशियाली ऋण महासंघ (आकु) को सहयोगी सदस्यता प्राप्त गरेको छ । 

एशियाली ऋण महासंघको आयोजनामा फाल्गुण ११ गते देखि १६ गते सम्म आयोजना गरेको ट्रेनिङ अन क्रेडिट यूनियन लेबल अफ एक्सिलेन्स इन गभर्नेन्स नामक तालिम कार्यक्रममा महासंघकी प्रमुख कार्यकारी अधिकृत इलिनिता सान्रोकले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई सदस्यता प्रमाण पत्र तथा एशियाली ऋण महासंघको झण्डा हस्तातन्तरण गरेकी हुन् । 

विभिन्न मुलकबाट तालिममा सहभागी हुन आएका सहकारीकर्मीहरुको बीचमा चन्द्रागिरीलाई सदस्यता प्रदान गरिएको घोषणा गरिएको थियो । 

उक्त सदस्यता लिए पश्चात एशियाली ऋण महासंघले एशियामा सञ्चालन गरिरहेको बचत तथा ऋण सहकारी विकास कार्यक्रममा चन्द्रागिरि साकोसको सहयोग र सहभागिता रहनेछ । 

चन्द्रागिरि साकोस शहरी क्षेत्रमा सञ्चालित भएर पनि समुदायमा आधारित रही पूर्ण रुपमा सदस्य केन्द्रित भई सुशासनको परिधिभित्र सञ्चालन भईरहेकोले उक्त सदस्यता दिन सकिएको महासंघकी प्रमुख कार्यकारी अधिकृत इलिनिता प्रकाश पारेकि थिइन्। 

नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय सहकारी संघ मार्फत ३ दशकदेखि र विगत केही वर्ष देखि राष्ट्रिय सहकारी बैंक मार्फत समेत विभिन्न प्रविधिहरु हस्तान्तरण गर्दै खासगरी नेपालको बचत तथा ऋण सहकारी अभियानलाई सुशासित, व्यवसायिक र सुरक्षित बनाउनको लागि एशियाली ऋण महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डिंग कार्यक्रम सोही संघको प्राविधिक सहयोगमा नेफ्स्कुन मार्फत हाल नेपालमा सञ्चालन भईरहेको छ । यस अघि संस्थागत विकास परियोयाजना, संस्था व्यवसायिकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif