Sunday, 29 March, 2020    |    २०७६ चैत्र १६ गते , आईतवार

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाल अस्पताललाई ५० लाख सहयोग


२०७६ फाल्गुन १५ गते , विहीवार प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच समझदारीपत्रमा एक कार्यक्रममा बीच हस्ताक्षर भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष प्रा.डा. कोइरालालाई हस्तान्तरण गरे । 

किओचका संस्थापक अध्यक्ष प्रा.डा. कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पुण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने जनाए ।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले राज्यको पहुँच नपुगेको ठाउँमा रा.वा.बैंकले सिएसआर मार्फत सेवा दिइरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको उल्लेख गरे ।  

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल सञ्चालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो । काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रुपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रुपमा रहने र देशका सातै प्रदेशमा सञ्चालन हुनेछ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif