Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

सरकारी नेकपामा तीब्र अन्तरविरोध : सचिवालयको निर्णय प्रमद्वारा अस्वीकार


२०७६ फाल्गुन १४ गते , बुधवार प्रकाशित

संबिधान संशोधन गर्ने कार्यदल समेत बनाएको र बामदेब गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेको सचिवालयको निर्णय २४ घण्टा नहुँदै सत्ताधारी (नेकपा)मा  बिबादले तीब्र रुप लिएपछि पुन आज बसेको सचिवालयको बठैकले त्यो निर्णयको बिकल्पमा बामदेबलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरेकोमा स्वयं प्रधानमन्त्री ओलीले बामदेबलाई मनोति गर्न आफु तयार नभएको र आफ्नो बिरुद्ध खेल भएकोले त्यसको सामना गर्न तयार रहेको भनेपछि स्थिति झनै अन्यौलपूर्ण भएको छ ।


   
सचिवालयको अघिल्लो संविधान संशोधन गर्ने निर्णय सत्ताधरी पार्टी भित्र प्रधानमन्त्री ओलीको बिकल्प खोजीगर्न थालिएको रुपमा प्रधानमन्त्री ओलीले लिएको र त्यसको सामना गर्न तयार रहेको छर बामदेबलाई राष्ट्रिय सभामा मनोनित गर्न आफु तयार नरहेको भने पनि यो पछिल्लो सचिवालयको निर्णय पनि कार्यान्वयन नहुने र एकपछि अर्को सचिवालयका निर्णयहरु केटाकेटीका हावा खेल जस्तो साबिवत हुने स्थिति देखिएको छ ।
   
मुलुकमा भूमाफियागिरी र भ्रष्टाचारका अजंगका काण्डहरुको उजारगर भइरहेको, पार्टीका नेताहरु नै पनि ती काण्डहरुमा एक वा अर्को किसिमले मुछिएको सन्देह भइरहेको बेला सत्ताधारी नेकपाभित्र चुलिदै गएको अन्तरबिरोधले कस्तो रुप लिने हो भन्न नसिकनिे स्थिति रहेको जानकार सुत्रहरु उल्लेख गर्छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif