Sunday, 29 March, 2020    |    २०७६ चैत्र १६ गते , आईतवार

भक्तपुर बचत संघको आयोजनामा पर्ल्स अनुगमन तालिम


२०७६ फाल्गुन १४ गते , बुधवार प्रकाशित

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजना पर्ल्स तालिम सम्पन्न भएको छ । 

दुई दिनसम्म सञ्चालन भएको उक्त पर्ल्स तालिमको समापनमा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै संघले सदस्य संस्थाहरुलाई पल्र्स अनुगमन प्रणालीको जानकारी गराई संस्थाको वित्तीय स्वस्थता संस्था स्वयंले मापन गर्न सकोस् भन्ने हेतुले हरेक बर्ष यस तालिमको आयोजना गर्दै आएको कुरा बताए ।

संघका कोषाध्यक्ष एवम् वित्तीय सेवा प्रवर्द्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्था सक्षम भए नभएको विषयमा नियमित परीक्षण गरी सोको परिणामको आधारमा संस्थाको काम कारवाहीमा अपनाउनुपर्ने सावधानी तथा योजना तर्जुमा गर्न पर्ल्स अनुगमन प्रणाली अवलम्बन गर्नु पर्ने विचार राख्दै सिकेका कुराहरु व्यवहारमा अपनाउनुपर्ने विचार व्यक्त गरे । 

वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले धन्यवाद मन्तव्य सहित अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित र नियामक निकाय सहकारी विभागद्वारा जारी मापदण्डमा समेत अनिवार्य गरिएको पल्र्स अनुगमन प्रणाली बचत तथा ऋण कारोबार गर्ने सबै सहकारी संस्थाले अनिवार्य अवलम्बन गर्नुपर्ने भएकोले बचत तथा ऋण सहकारी संस्थाले यस प्रणालीको ज्ञान राख्नुपर्ने जनाए ।


संघका व्यवस्थापक बालकृष्ण धोजु र शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवालले तालिममा सहजिकरण गरेका थिए । कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुबाट ३१ जनाको सहभागिता रहेको थियो । वित्तीय सेवा प्रवर्द्धन उपसमितिका सदस्य राजाराम गोसाईले समापन कार्यक्रम सञ्चालन गरेका थिए । 

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif