Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

नयाँपाटी साकोसको आयोजनामा फुटसल प्रतियोगिता


२०७६ फाल्गुन १२ गते , सोमवार प्रकाशित

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले २३औं स्थापना दिवसको अवसर पारेर अन्तर विद्यालय ‘फाइभ ए साइड’ फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।  यहि फागुन ९ गते शुरु भई ११ गते सम्पन्न भएको उक्त फुटसल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका आसपासका १० वटा विद्यालयको सहभागिता रहेको थियो । 

संस्थाको युवा तथा खेलकूद उपसमितिका सचिव बीर बहादुर तामाङको संयोजकत्व एवं संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन भएको थियो । 

अध्यक्ष श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी तथा फुटसल रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए । उक्त प्रतियोगितामा ड्याफोडिल पब्लिक प्रथम, समता उच्च मावि द्वितीय र नव अरुणिमा उच्च मावि तृतीय भएका थिए ।

प्रथम टिमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई सान्त्वना पुरस्कार र ट्रफी वितरण गरिएको थियो । प्रमाणपत्र भने आगामी चैत्र १६ गते संस्थाको स्थापना दिवसका दिन पारेर वितरण गरिने संस्थाका सहायक प्रबन्धक शिवभक्त मानन्धरले जानकारी दिए । 





 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif