Sunday, 29 March, 2020    |    २०७६ चैत्र १६ गते , आईतवार

एमसीसी सम्झौता र भारतीय सीमा अतिक्रमणका बिरुद्ध नेकपाको सभा


२०७६ फाल्गुन १२ गते , सोमवार प्रकाशित



नेपाल कम्युनिष्ट पार्टीले धनुषाको हंसपुर नगरपालिका ५ मा हिजो एक बिरोध सभा सम्पन्न गर्यो । त्यो सभामा बोल्दै नेकपा केन्द्रिय सचिवलालय सदस्य तथा प्रदेश नं २ का अध्यक्ष रामदुलार महतोले बर्तमान सरकारले कम्युनिष्टको नाममा कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने, देशलाई बिदेशीको अखडा बनाउने र देश र जनताको दोहन गर्न सत्ताको दुरुपयोग गर्ने काम गरिरहेको बताए । उनले मजदुर किसान महिला दलित जनजातिको हितका निमित्त जनता आफै सचेत भएर बढ्दो भ्रष्टचार, तस्करी र कालोबजारी बिरुद्ध संयुक्त जन अन्दोलन नचलाउने हो भने यो देश अरु कसैले बनाइदिदैन भन्ने उनले प्रष्ट पारे ।

 
सभा सञ्चालन गर्दै सचिवाल सदस्य डा. मिश्री मण्डलले जबसम्म यो देशका शेषित पीडित जनता जाग्दैन, उठ्दैन र संघर्षमा  लाग्दैन तबसम्म यो देशलाई बिदेशीले हेप्ने, अतिक्रमण गर्ने र यो देंशलाई बाह्य शक्तिको अखडा बनाउने कुरा भइरहहन्छ । त्यसैले जनता एकताबद्ध भएर उठ्नको बिकल्प छैन भन्ने कुरा उनले  औंल्याएका थिए । 


राष्ट्रिय सम्मेलन आयोजनक समितिका सदस्य बिपत्ति मण्डल र सत्यनारायणि मुखियाले देश र जनताको हितमा नेपाल कम्युनिष्ट पार्टीले अघि सारेको सही नीतिलाई आत्मसात गरेर जनतलाई जगाउन सक्दा मात्र देश र जनताको भलाई गर्न सकिन्छ ।


सबै प्रकारको बैदेखिक हस्तक्षेप रोक्न सकिन्छ र बिकासलाई सही दिशा र गति दिन सकिन्छ भन्ने कुरा राख्दै अबैध उत्खन बिरोधी यूवा दिलिप महतोको हत्यारालाई कडा कानुनी कारबाही हुनुपर्ने, उखु किसानको बक्यौता रकम हर्जाना र ब्याज सहीत तुरुन्त सरोकारवाला किसानलाई दिलाउनु पर्ने, भ्रष्टाचारबाट देशलाई मुक्त गर्न २०४६ सालयता सत्तामा बसेका सबैको सम्पत्ति छानबिन र भ्रष्टाचारीलाई कारबाही गर्न सर्बाधकिार सम्पन्न आयोग गठन गर्नु पर्ने माग समेत गरेमा थिए ।
-

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif