Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

नौ बामले नेपाल बन्द सहीतको सशक्त आन्दोलन उठाउने


२०७६ फाल्गुन १० गते , शनिवार प्रकाशित

आज बसेको ९ बामपन्थी दलहरुको संयुक्त बैठकले राष्ट्रघाती एमसीसी सम्झोता खारेजी गराउन र संसदबाट अनुमोदन हुन नदिन अझ सशक्त आन्दोलन उठाउने निर्णय लिएको छ । यसका लागि स्थानीय स्तरमा १५ गतेसम्ममा बिरोध तथा जन चेतना कार्यक्रम उठाउने, केन्द्रमा १२ गतेसम्ममा सम्पूर्ण सांसदहरुलाई एमसीसीका बिरुद्ध खडा हुन अग्रह गर्दै पत्र पत्रद्वारा आग्रह गर्ने तथा १७ गते सशक्त बिरोध प्रदर्शन गर्दै संसदमा धर्ना दिने तथा अन्त्यमा नेपालबन्दको कार्यक्रमसमेत अघि सार्ने निर्णय आजको बैठकले लिएको छ । 

  यसका लागि एमसीसीका बिरुछ रहेका राजनीतिथक अन्य राजनीतिक दलहरु र सामाजिक संगठनहरुसँग पनि सहकार्य र ऐक्यबद्धताका लागि अन्तरक्रिया गर्ने, यी सबै कार्यक्रमको तयारीका लागि आगामी फागुन १३ गते शीर्ष बैठक बसेर स्थितिको आकलन गर्दै कार्यक्रमलाई अन्तिमरुप दिने बताइएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif