Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

छहारी साकोसको मोबाइल बैंकिङ शुरु


२०७६ फाल्गुन १० गते , शनिवार प्रकाशित

छहारी बचत तथा ऋण सहकारीले एक कार्यक्रमका बीच मोबाइल बैंकिङ सेवा शुरुवात गरेको छ । संस्थाले हाम्रो टेक्नोलोजीको सहकार्यमा एमबैंक एप सञ्चालनमा ल्याएको हो । मोबाइल बैंकिंगले सदस्यहरुको आर्थिक कारोवारलाई थप पारदर्शिता तथा क्यासलेस भुक्तानीमा सहज हुने अध्यक्ष कृष्णहरि खड्काले बताए । 

कार्यक्रममा नयाँ प्रविधि तथा मोबाइल बैंकिंगसम्बन्धी परिचय, यसको प्रयोगको तरिका, सुरक्षाको बारेमा हाम्रो टेक्नोलोजीका  फाउण्डर तथा प्रमुख व्यवसाय अधिकृत संजय महासेठले जानकारी गराएका थिए । 

हाम्रो टेक्नोलोजी प्रा.लि.का फाउण्डर तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले संस्थाका अध्यक्ष खड्कालाई क्यूआर कोट हस्तान्तरण गरेका थिए ।

यस एपको प्रयोग गरी सदस्यहरुले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, फोन, नेट तथा टी.भी. रिचार्ज गर्न, विजुलीको विल भुक्तानी गर्न, हवाई टिकट, ओयो  होटल बुकिङ लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif