Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

महापण्डित राहुल साँकृत्यायनको रचनात्मक महायात्रा


२०७६ फाल्गुन १० गते , शनिवार प्रकाशित

       —लोकनारायण सुबेदी—        औपचारिक शिक्षा नपाएका र शैक्षिक योग्यता नभएका  मानिस पनि महा बिद्वान र १४८ वटा बहु आयामिक उत्कृष्ट किताबका लेखक हुनसक्दछन् भन्ने कुरा आफैमा एउटा रोमाञ्चक र प्रेरणास्पद कुरा हो । यस्तै एकजना महालेखक थिए  महापण्डित राहुल साँकृत्यायन । दुइ बर्ष अघि मात्र २०१८ मा भारतका ती प्रसिद्ध माक्र्सबादी रचनाकार  महापंडित राहुल सांकृत्यायनको  १२५औं जन्म  जयन्ति मनाइएको थियो । १८९३ मा उनी उनको मावली गाउँ उत्तरप्रदेशको पन्दहा आजमगढ भारतमा जन्मेका थिए । उनी ७० बर्षको उमेरसम्म बाँचे। आफ्नो जीवन कालमा उनले दर्शन, बिज्ञान, इतिहास, कथा, कहानी, उपन्यास, जीवनी आदि गरेर १४८ वटा किताब लेखे । मार्क्सबादको बैचारिक यात्रा उनको जीवन पर्यन्तको मूल कुरा थियो । उनले सँस्कृत, फारसी, ऊर्दू, अग्रेजी, पाली, प्राकृति भाषाहरुमा अबाध निपूणता हासिल गरेका थिए । यसका अतिरिक्त उनले तिब्बती, रुसी, र फ्रान्सेली भाषा पनि जानेका थिए । रुसी र तिब्बती भाषामा त उनले तिनको ब्याकरण नै लेखे । उनले राष्ट्रभाषा कोश तयार पारे भने तिब्बत–हिन्दी कोष पनि लेखे । बौद्ध धर्म सम्बन्धि अनेक दुर्लभ पाण्डुलिपीहरु तिब्बतबाट खच्चडलाई बोकाएर श्रीलंकासम्म पु¥याएर बिद्यालंकारमा दान दिए भने पटना  बिश्वबिद्यालयको पुस्तकालयमा पनि महत्वपूर्ण बौद्ध ग्रन्थहरु राखे । उनले पैसाको कुनै पर्वाह गरेनन् । उनी बिश्वभरी नै खुब घुमे र घुमक्कड आचर्यको उपनामलले समेत चर्चित पनि बने । उनले घुमक्कडशास्त्र नामको यात्राशास्त्रको किताबै लेखेका छन् । कथा, उपन्यास पनि लेखे । बाइसौं शदी उनको भबिष्यमूलक कहानी हो भने "भोल्गा से गंगा मानब सभ्यताको बिगत ६ हजार बर्ष पुरानो इतिहासको किताब हो । 

  महापण्डितले ‘क्या करें’ ? ‘भागो नही दुनियाँको बदलो, ‘साम्यबाद ही क्यो’ ? ‘तुम्हारी क्षय’, ‘कम्युनिष्ट क्या चाहते हैं, ? ‘राम राज्य और मार्क्सबाद’, जस्ता प्रसिद्ध बिचार प्रधान पुस्तकहरु पनि लेखे  र मार्क्सबादको ज्ञानभण्डार बढाए । जुन किताबहरु पढी पढीकन कयौ यूवाहरु भारतमा र अन्यत्र पनि मार्क्सबादप्रति आकर्षित र संगठित पनि भए अनि यो आन्दोलनमा पनि लागे ।


  राहुल साँकृत्यायनले बौद्ध धर्मका अनेक ग्रन्थहरुको मूलरुपमा रक्षा गरेको मात्रै होइन, अझ त्रिपिटक जस्ता महाग्रन्थको टीका समेत लेखेर उनी त्रिपिटकाचार्य पनि कहलिए । भारतका आचार्य रामचन्द्र शुक्लाले आफ्नो हिन्दी साहित्यको इतिहासमा उनको नाम त्रिपिटकाचार्यकोरुपमा बडो आदरपूर्वक लिएका छन् । साँकृत्यायलने सरहपका दोहाहरुको पनि छायानुबाद प्रकाशित गरे,जसबाट हिन्दी साहित्यको आदिकालको स्वरुप बदलियो । हिन्दी साहित्यको बृहद् इतिहास(भाग सोह«) को सम्पादन, इस्लाम धर्मको रुपरेखा र ऋग्बैदिक आर्यहरुको बारेमा पनि उनले लेखे । बिश्वको अग्लो हिमालय क्षेत्र त उनको साहित्यिक साँस्कृतिक भाषिक आदि क्षेत्रमा काम गर्ने घर आँगन जस्तै थलो बनेको थियो । भारतका चर्चित प्रधानमन्त्री नेहरु समेतले यी बहु प्रतिभाशाली ब्यक्तित्वको  प्रसंशक बन्नु परेको थियो । 
 

राहुलले राजनीतिक आन्दोलन पनि गरे र जेल गए । कम्युनिष्ट बने, त्यसमा ख्याति पनि कमाए तर आफ्नो बिचारका लागि आफ्नो प्रिय कम्युनिष्ट पार्टी छोड्न पनि तयार भए, हच्किएनन् । तर कम्युनिष्ट आन्दोलन छोडेनन् । यो उनको जीवनका अभिन्न अंग बनिरह्यो ।

  एकजना यस्ता मानिस जो कनै एउटै ठाउँमा टिकिरहँदैन , नयाँ नयाँ ज्ञानको भोकले उसलाई सारा संसार भरी घुम्न लगाउँदछ । निरन्तर अस्थिरतामा पनि उनको कलम एक पल रोकिदैन । उनी अरु जस्तो लेखक थिएनन् तर साच्चैका लेखन कला भएका र निरन्तर लेखिरहने लेखक थिए । यूरोपको पुनर्जागरण कालीन लेखकहरु जस्तै उनी बहु बिषय ज्ञाता र कर्मठ ब्यक्तित्व थिए । त्यसैले मानिसहरु उनलाई बिश्वकोषिय प्रतिभा(इनसाइक्लोपेडिक)का धनी भन्ने गर्दथे र मान्दथे ।आज पनि उनको तुलनामा अर्को कोही त्यस्तो बहु आयामिक प्रतिभाको धनी मानिस जन्मेको देखिदैन । पुरातत्वदेखि आधुनिक ज्ञानसम्मको सम्बल बोकेका मेधा, कुशल, प्रष्ट र कुशाग्र बुद्धि भएका रचनाशील र त्यत्तिकै कल्पनाशील पनि थिए महापण्ति । आज पनि भारतको हिन्दी क्षेत्र र खाशगरी बिहारमा त्यसमा पनि कम्युनिष्ट बिचारधाराको जे जति प्रभाव बाँचेको छ त्यहाँ कतै न कतै राहुल साँकृत्यायनको ‘भागो नही दुनिया को बदलो’देखि लिएर उनका अनेक पुस्तकहरुको अबश्य पनि अहिलेसम्म  हात रहेको जानकार अन्बेषकहरु बताउँदछन् । 


  महापण्डितले माक्र्स एंगेल्स, लेनिन, स्टालिन, माओ र हो चि मिन्हको क्रान्तिकारी जीवनीमाथि प्रकाश पार्दै महत्वपूर्ण किताबहरु पनि लेखे । तर कतिपय भाषा र जातिका सम्वन्धमा उनको कम्युनिष्ट पार्टी नेतृत्वसँग पटरी खाएन । जसले गर्दा उनले पार्टी छोडे तर कम्युनिष्ट आन्दोलन उनले छोडेनन् ।     यी महापण्डित नेपालमा पनि पटक पटक आएका थिए । उनको एउटा कृति ‘वाइसवी शदी’ नेपालमे बसेर नेपालकै सेरोफेरोमा लेखेको भन्ने गरिन्छ । वास्तवमा तिब्बतबाट महत्वपूर्ण बौद्ध ग्रन्थहरु उनले नेपालकै बाटो भएर खच्चडमा भारत र श्रीलंकासम्म ओसारेका थिए । उनले रुस जाँदा त्यहाँको भाषा सिक्ने क्रममा एक जना रुसी महिलासँग बिबाह गरेका थिए । पछि तिब्बत–हिन्दी कोष तयार पार्ने क्रममा तिब्बतमा रहँदा पनि उनले अर्को बिबाह गरेको बताइएको थियो । जीबनको अन्तिम काल उत्तराद्र्धमा भने उनले एकजना नेपाली महिला जो दलित समुदायकी थिइन् कमला दर्जी(दार्जिलिङ्ग)सँग बिबाह गरेका थिए । उनकै कारणले कमला दर्जी साँकृत्यायनले भारतको उच्च सम्मान पाउने गरी आफ्नो प्रतिभा तिखार्ने अवसर पनि पाएकी थिइन्  । उनले प्रसिद्ध पुस्तक बाइसवी सदीमा नेपालका बारेमा पनि बिशेष उल्लेख गरेका थिए । तर नेपालको तराईका बारेमा उनको ज्ञानको सीमा कमजोर रहेको पाइन्छ र त्यहाँ भारतीयहरु बस्ने गरेको र तिनलाई नेपाली शासकहरुले हेप्ने गरेको भनेर तराईका आदिबासीहरुलाई गलत किसिमले ब्याख्या गर्न पनि पुगेको देखिन्छ ।

    गल्ती ठूला मानिसहरुबाट पनि हन्छ नै । जे होस् यस्तो बहु प्रतिभाका धनी ब्यक्तित्वका कोही शत्रु थिएनन् भन्ने कुरै हुँदैन । अबश्य थिए । उनको इष्र्यालाग्दो प्रतिभाका कारण उनले साथी भाइ र कम्युनिष्ट पार्टी पनि त्याग्नु पर्ने स्थिति खडा भयो । तर सामान्य औपचारिक शिक्षा पनि नपाएका राहुल साँकृत्यायन जसरी आफ्नो ओजस्वी प्रतिभाले महापण्डित बने त्यो कम रोचक र इष्र्याकारी छैन । यस्ता बहुप्रतिभाशाली बिद्वान लेखक बिश्वमा नै बिरलै जम्निने गर्दछन् ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif