Sunday, 29 March, 2020    |    २०७६ चैत्र १६ गते , आईतवार

यथास्थितिमा एमसीसी अनुमोदन नगर्न पार्टीलाई कार्यदलको सुझाब


२०७६ फाल्गुन ९ गते , शुक्रवार प्रकाशित

    काठमाडौँ । झलनाथ नेतृत्वको तीन सदस्यीय कार्य दलले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धि अध्ययन प्रतिबेदन आज  पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई बुझाएको छ । त्यस प्रतिबेदनमा  प यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिएको बताइएको छ ।

        आज अपरान्ह  प्रधानमन्त्री निवास बालुवाटार पुगेर सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य भीम रावलले जानकारी दिएका छन् । कार्यदलको सुझावमा एमसीसीमा समेटिएका केही बुँदाहरु संशोधन गरेरमात्रै अनुमोदन गर्नुपर्ने उल्लेख रहेको बताइएको छ ।

    यो कार्यदलले सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएको भनिएको छ ।   गएको माघ १५ देखि १९ गतेसम्म बसेको सत्ताधारी नेकपा केन्द्रिय समितिको  बैठकले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल संलग्न तीन सदस्यीय कार्यदल बनाएको थियो । 

  त्यस बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांश सदस्यले कुरा उठाएपछि यो कार्यदल बनाइएको थियो।   शुरुमा कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएकोमा  तोकिएको समयमा प्रतिवेदन बुझाउन समय अपुग भएपछि थप १० दिन समय बढाइएको थियो। अब एमसीसीका सम्बन्धमा नेकपाले थप के कस्तो निर्णय गर्ने हो प्रतिक्षाको बिाषय बनेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif