Saturday, 28 March, 2020    |    २०७६ चैत्र १५ गते , शनिवार

विन्धवासिनी साकोसले मनायो २७औं स्थापना दिवस, काठमाण्डौंमा पनि सेवाकेन्द्र


२०७६ फाल्गुन ८ गते , विहीवार प्रकाशित

बनेपा, काभ्रेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था २७ औं वर्षमा प्रवेश गरेको छ ।  काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले एक समारोह बीच २७ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि नेपालका नवनिर्वाचित अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता एवं राष्ट्रिय सहकारी वैंकका अध्यक्ष के.वि उप्रेती र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । 

राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन), काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ, नेपाल पत्रकार महासंघ काभ्रे, एक्सेस पहिलो ब्याचका सहकारी संस्था एवं स्थानीय संघ संस्थाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि मिनराज कँडेलले सहकारीहरुमा उत्कृष्ट सहकारीको रुपमा रहेको यस सहकारीले लगातार ३ वर्षदेखि एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरिसकेको संस्थाले अब एक्सेस गोल्ड ब्राण्ड प्राप्त गरोस् भन्ने अग्रिम  वित्तीय क्षेत्रमा सहकारीले २० प्रतिशत भन्दा वढी योगदान दिएको जानकारी उनले दिए । नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सम्पन्न गर्न सहकारीहरुले आ–आफ्नो क्षेत्रवाट लाग्नुपर्ने कुरामा कँडेलले जोड दिए । 

राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैक सम्पूर्ण सहकारीहरुको बैक भएकोले सहकारी बैंकले गर्न सक्ने बिन्धवासिनीलाई जुनसुकै सेवा प्रदान गर्न तयार रहेको भन्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।



त्यसै गरी नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले स्थिरिकरण कोष र यसको महत्वको वारेमा प्रकाश पार्दै संस्थाले सम्बृद्ध नेपालको परिकल्पनालाई पूर्ण रुपमा सफलता प्राप्त गर्न सदस्यहरुलाई व्यवसायिक बनाउन सुझाव दिए । सो का लागि आ–आफ्नो तर्फवाट विभिन्न निकायसंग समन्वय गराई भगिनी संस्थाकोे रुपमा कार्य गराउन पुलको रुपमा कार्य गर्न नेफ्स्कुन प्रतिवद्ध रहेको उनले जनाए । 

पत्रकार महासंघ, काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारीले सुशासन र पारदर्शिता कायम गरी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुपर्ने विचार राखे । 

स्थापना दिवसको अवसरमा हालै एकिकरण गरिएको साविक सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवं व्यवस्थापकले संस्थाको वित्तीय विवरण तथा हिसाब खाताहरु बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थालाई हस्तान्तरण गरी एकिकृत कारोबारको समेत शुभारम्भ गरेको छ । एकिकृत कारोबार शुभारम्भ पछि बिन्धवासिनीको सेवा अव काठमाण्डौबाट समेत प्रारम्भ भएको छ । 

स्थापना दिवसको अवसर पारेर संस्थाले भकुण्डे सेवा कार्यालयमा निःशुल्क दन्त परीक्षण, तेमालमा रहेको भुमेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण, पनौतीमा रहेको प्राणनाथ माईती बृद्ध आश्रमका लागि भाैितक सामाग्री तथा फलफूल वितरण, नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सम्पन्न गर्न काभ्रेपलाञ्चोक जिल्लाका सिमाना क्षेत्रहरुमा स्वागत वोर्ड राखिएको, च्यासिंखर्क सेवा केन्द्रबाट पूर्ण कालीन सेवाको प्रारम्भ, खुल्ला रक्तदान तथा रक्तचाप परीक्षण, संस्थाको संस्थापक सचिव दिवाकर गुरागाईलाई स्वास्थ्य उपचार सहयोग वितरण, निःशुल्क आँखा शिविर, कार्यालयहरुमा दिपावली आदि कार्यक्रमहरु आयोजना गरिएको संस्थाका प्रमुख व्यवस्थापक के.वि लामाले जानकारी गराए । 

काभ्रे जिल्लाभित्र १६८५ वटा समूह मार्फत ३५ हजार सात सय शेयर सदस्य र ७ हजार तीन सय सत्तरी जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४३ हजार सेवाग्राही,  शेयर पुँजी ३० करोड ९१ लाख २५ हजार, ऋण लगानीमा वाँकी २ अर्व २३ करोड ८१ लाख ८३ हजार, बचत तथा निक्षेप २ अर्व १६ करोड ९८ लाख ६५ हजार पुगेको छ भने कुल सम्पत्ती २ अर्ब ८८ करोड ११ लाख ४९ हजार सम्पति पु¥याउन संस्था सफल भएको जानकारी उनले दिए । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कुनका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना, संस्थापक सदस्यहरुलाई सम्मान, विभिन्न कार्यक्रमहरुमा संस्थालाई विभिन्न साँस्कृतिक कार्यक्रम तथा स्थान सहयोग गर्ने संघसंस्था तथा महानुभावहरुलाई प्रसंसा पत्र तथा सम्मान गरिएको थियो । 

त्यसैगरी रक्तदान तथा निशुल्क रक्तचाप परिक्षण, ०७५/०७६ को कारोवारको आधारमा ४१ जना सदस्यलाई असल ऋण परिचय पत्र  तथा सम्मान,  दलित छात्रवृत्ति, उत्कृष्ट सेवा कार्यालय व्यवस्थापन उपसमिति पुरस्कार तथा सम्मानबाट पनौती सेवा कार्यालय व्यवस्थापन उपसमिति, कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट कर्मचारी पुरस्कार सेवा कार्यालय पाँचखालका कर्मचारी घननाथ दंगाललाई पुरस्कार तथा सम्मान गर्नुका साथै दिर्घसेवा पदकबाट सेवा कार्यालय बनेपामा कार्यरत सहायक व्यवस्थापक विश्वनाथ गुरागाईलाई सिल्भर मेडल सहित सम्मान गरेका थिए । 

कार्यक्रमको संचालन संस्थाका लेखा तथा प्रशासन विभागका विभागिय व्यवस्थापक त्रिलोचन घिमिरेले गरेका थिए भने सचिव रामशरण भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif