Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

नयाँपाटी साकोसले शुरु गर्‍यो गागलफेदीमा सेवा केन्द्र


२०७६ फाल्गुन ४ गते , आईतवार प्रकाशित

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले गागलफेदीमा सेवा केन्द्र स्थापना गरेको छ । कागेश्वरी मनहरा नपा–१, गागलफेदीमा संस्थाले हिजोबाट औपचारिक रुपमा सेवा केन्द्रको शुरुवात गरेको हो । सोही नगरपालिका वडा नं. १ का अध्यक्ष मुकुन्द गजुरेलले सेवा केन्द्रको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि कार्यक्रममा बोल्दै उनले अहिले सहकारी स्थानीय प्रदेश र संघमा हस्तान्तरण भएकाले ती तहको कानुनको परिपालना गरेर सञ्चालन हुनु पर्ने बताए । सहकारीहरु बचतऋणमा मात्र सीमित नभई अब सदस्यहरुलाई स्वरोजगार, उद्यमी र व्यवसायी बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने कार्यमा जुट्नुपर्नेमा उनले जोड दिए ।

संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति विजयकुमार श्रेष्ठले नयाँपाटी साकोसको समग्र अवस्थका बारेमा जानकारी गराएका थिए । संस्थाले स्थानीय समुदायलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउन सेवा केन्द्र सञ्चालनमा ल्याएको उनले बताए । सेवा केन्द्रबाट सदस्यहरुले बचत ऋणका साथै संस्थाले दिने अन्य सुविधाहरु प्रयोग गर्न सक्ने उनले बताए ।



सेवा केन्द्र उद्घाटनका अवसर पारेर संस्थाले शेयर सदस्य बन्दा प्रवेश शुल्कमा ५० प्रतिशत छुट र एटिएम कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ । यो सुविधा ०७७ असार मसान्तसम्म दिइने संस्थाले जनाएको छ । संस्थाले यसअघि गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।

सेवाकेन्द्र उद्घाटन कार्यक्रममा वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, सञ्चालक समिति, पूर्व सञ्चालक, विभिन्न उपसमिति, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

संस्थाको पौष मसान्तसम्म शेयर पूँजी १० करोड २४ लाख ८५ हजार, बचत ६४ करोड ५३ लाख २६ हजार, ऋण लगानी ६५ करोड ५७ लाख ९९ हजार गरी कुल सम्पत्ति ८८ करोड ५५ लाख ४२ हजार पुगेको उनले बताए ।

संस्थागत पूँजीकोषमा ६ करोड ४६ लाख ८२ हजार रकम पुगेको छ । संस्थामा बाल बचतकर्ता, लघुवित्त समूह र शेयरसदस्य गरी ९ हजार ५९५ जना आवद्ध रहेका छन् ।

कृषि तथा पशुपालन गर्न चाहनेलाई ९ देखि १३ प्रतिशत र प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई १० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने योजना संस्थाले ल्याएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif