Sunday, 29 March, 2020    |    २०७६ चैत्र १६ गते , आईतवार

बचत संघ ललितपुरको कार्यलय स्थानान्तरण


२०७६ फाल्गुन ४ गते , आईतवार प्रकाशित

 जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरको  कार्यालय सरेको छ । कार्यलयको औपचारीक उद्घाटन  तथा राष्ट्रिय सहकारी महासंघको  २७ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पधाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

संघको नयाँ कार्यालयको  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन गर्दै अध्यक्ष कँडेलले सहकारी संघसंस्थाहरु आफू सुदृढ हुँदै प्रारम्भिक संस्थाहरुलाई समृद्ध बनाउन लाग्नुपर्ने बिचार राखे ।



संघका अध्यक्ष रामहरी बजगाईले संघलाई साझा संघ बनाउन निरन्तर अभियान र सबैको सहयोगले सम्भव हुने बताए । अध्यक्ष बजगाइले ललितपुर बचत तथा ऋण सहकारी संघका गतिविधिका बारेमा जानकारी गराउँदै सहकारी अभियानमा देखिएका समस्याहरुलाई नेतृत्व तहले समाधान गर्न सम्वन्धित ठाउँमा पहल गर्नु पर्ने बताए ।

सहकारीका निति नियम सहकारी मैत्रि बनाउन सहकारी महासंघका नेतृत्वतहले पहल गर्नु पर्ने उनले बिचार राखे । संघले फागुन २२ गते देखि २४ गते सम्म चौथो ललितपुर सहकारी समिट गर्न लागेको बजगाईले जानकारी दिए ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif