Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

प्रिय मानब ! प्रेम, संघर्ष कतै कायरले गर्न सक्तैन


२०७६ फाल्गुन २ गते , शुक्रवार प्रकाशित

                          
       सीताराम थापा                                                       

प्रिय साथी मानब !

     म तिमिलाई केही प्रेम र प्रेमालय बारे लेख्दै छु, मनका बह र रहर, कहरहरु बारे ओकल्दै छु। पढ्छौ, बुझ्छौ र प्रेम गर्छाै भन्ने कुरामा बिश्वस्त छु।     प्रिय, प्रेम मानव जातिको उत्पतिदेखि नै थियो र छ,। यो मानबको मनको मझेरीमा मात्र होईन, सबै सजीब प्राणी र निर्जीब बस्तुहरुमा पनि प्रेम थियो र छ भन्ने इतिहासले बिनामुलाहिजा भनिरहेछ र भनिरहने छ ।
        यसैले प्रिय मानव, म तिमीलाई धेरै र तिमी मलाई अति प्रेम गर्छाै। यो न नाप्न र जोख्न सकिन्छ। न यसको कुनै सीमा हुन्छ। यसैले प्रिय, मानव उत्पतिदेखि नै एक अर्काेमा प्रेम थियो। किनकि मानव ईतिहांसको युग प्रेमको युगहरु हो। सृष्टिदेखि चलिआएको प्रेमभाब थियो। त्यही प्रेमको आसनबाट समाज बदलिदै यहाँसम्म आएको सत्य हो। यसैले त तिमी छौ, म छु र प्रेम छ।   प्रिय मानव ! प्रेम आफैमा महासागर हो। यस बारेमा त लेखेर बोलेर सकिँदैन। बिश्वमा भगवान मान्ने र नमान्ने आस्तिक नास्तिक दुबै बिचार छ। यी दुबै माने नमाने पनि प्रेम नमान्ने भन्ने कोही छैन नै हुदैन र हुँदैन पनि । प्रेमबिहीन केही हुदैन भन्दा अचम्म मानौला, किन कि मैले तिमिलाई बेला बखत घृणा गर्छु। यसो त एक थरी मानबका हुलले अर्काेथरी मानवलाई घृणा गरेको थाहा होला। त्यही घृणाको बिपरीत हुने माया प्रेम हो। बुझ्न कठिन होला, तर त्यही घृणा, रीस, क्रोध आबेक नै मायाले भएको हो।

     मैले तिमीलाई लामो समय नसम्झदा, संपर्क बिहीन हुदा, तिम्रा आनिबानी मन नपरेर आरोप गर्दा तिमीले मसँग कति दुख मान्थ्यौ, कति भावुक भएर घृणा गरेका थियौ। त्यहा दुबैको प्रेम लुकेको थियो। तिमी र म बीच एकता मात्र कहिल्यै हुनै सकेन, एकता हुदा पनि हामी लामो समय मिल्न सकेनौ, किन कि तिमी र म बीच एकता पछि अनेकता भयो। यति मात्र कहाँ हो र तिमी र म बीच मार्ने र मर्ने सिध्याउने द्वन्द्व नै भयो। मानव, भावनाको द्वन्द्वबाट बिचार नै फरक भयो। हेर्ने दृष्टिकोण नै फरक भयो। तिमी धनी म गरीब भएकाले पारिवारिक बिगठनका दिन आए। तिमी मगर म बाहुन भएर जात भूगोल नमिल्ने दिन पनि आए। तिमी लोकतन्त्रकबादीको पक्षधरता म जनबादी क्रान्तिको पक्षधरता हुदा बिचारले आकास जमीन फरक जस्तै भयो। हो, यसैले तिमी र म बीच प्रेम र एकता थियो, संगै घृणा र द्वन्द्व पनि थियो। यसैले प्रिय, प्रेमले नै हामी बीच द्वन्द्व गरायो। हामीलाई फुटाउन, अलग्याउन कति खोजे। म वनवारी डाडागाउबाट हत्केलाले प्रेमभाबले तिमीलाई प्रेम पत्र लेख्थे। तिमी शहरको महलबाट कम्पयुटरमा रंगीन प्रेम र घृणाभाबमा पत्र पठाउथ्यौ। यसैले हामी बीच द्वन्द्व थियो।

   त्यही द्वन्द्व बीच माया थियो र त आज हामी छौ। तिमीलाई प्रेम नै गर्न हुदैन भनेर सबैले सम्झाए, अझ गरीब रैथानेसंग प्रेम  गर्न हुदैन भनेर कतिले अथ्र्याए  । जब तिमी  सामाजिक संस्थामा गरीब समाज बदल्ने यात्रामा लाग्यौ तब तिमी मानव जीवन, समाजसास्त्र, मानव मनोबिज्ञानको अध्ययन अनुसन्धान र कर्मले आफुलाई बदल्यौ तिमी फेरि मेरो बिचार नजिक आउन थाल्यौ। जब तिमीलाई मेरो  दर्शन, बैज्ञानिक सिद्वन्त, मानव जातिको ईतिहासका किताब पठाउदा प्रेम हैन घृणा लाग्थ्यो। तर जब तिमी गरीब संग काम गर्न थाल्यौ, दर्शन नपढेपनि गरीबप्रतिको घृणा प्रेममा बदलियो। जब तिमी आफै नारी भएर नारी हकको काममा आत्मैबाट  डुबेर लाग्यौ तब तिमीले मैले पठाएका पुस्तकमा पे्रमभाब जाग्न थाल्यो। जब तिमीले नारी अस्मिता लुटिएका बास्तबिक जिवनी र कथा, उपन्यास अध्ययन गर्दै कर्म मार्गमा उभियौ तब तिमीलाई मेरा बैज्ञानिक दर्शनको किताबले पनि छुन थाल्यो। मलाई याद छ, तिमी मानिस मानिस बिचको बिभेदको पर्खाल तोड्ने महाअभियानमा पक्डियौ, फेरि पनि थुनियौ। त्यसले तिमीलाई नै अझ धारिलो हतियार जस्तै बनायो। बस अब तिमी धनिको छोरी गरीबको खतिर देसको खातिर राष्ट्रको खातिर लाग्ने प्रण मन मन सल्किएपछि तिमी म बिरुद्व लडेको घृणाको युद्वमोर्चामा स्खलित हुँदै गयौ।


     प्रिय, मानव, मलाई थाहा छ, तिमी यसपछि मलाई गर्ने घृणा आफ्नै महलको परिवारलाई गर्न थाल्यौ। यसैले त हाम्रो प्रेम फेरि झांगियो, मौलायो र  दीप जस्तै बल्न थाल्यो। तिमी धनी र म गरीबको एकतामा तिम्रो पृष्ठभूमि, धनी गरीब, जात सबै बुझाईमा ठुलै द्वन्द्व चर्किएको थियो। यसले हामी बीच धेरै बिनास गर्याे, हामी बिचको प्रेमरसलिला भङ्ग भयो,। संगै घुम्ने, रम्ने चाह स्खलन भयो। तिम्रो महल, पजेरो, थ्रिपिस लवाईका बान्की मेरा झुप्रो, भुइखुट्टे र च्यातिएका कमिजको फरक बिचारले हाम्रो माया र प्रेमलाई भंङ्ग गराउदै बिनाशमा धकेल्ने प्रलय जस्तै भैसकेको कुरा तिमीलाई यादै छ। तिमी र म बीच भएको द्वन्द्वको बिनाशमा कालो बादल मडारिएपछि के तिमीले सोचेकी थियौ, अब हामी बीच एकता र प्रेमको पुनः मिलन हुने छैन भन्ने। प्रिया मानव, जब त्यही द्वन्द्व र बिनाशको प्रभाबमा हामीले आ–आफ्नो ठामबाट घृणालाई बदल्न माया र प्रेमको लागि संघर्ष गर्याै । लामो समय धैर्यता टुटाएनौ, लामै समय घृणाभाबमा बोलेनौ। यधपि मानव मन भित्रको अन्तरंङ्ग देख्न र नाप्न नसकिने प्रेमले फेरि बिकसित रुप लियो। जब तिमी म जस्तै बिचारले खारियौ, तिखारीषौ, एकापसमा मानव जीवनको प्रेम र इतिहासलाई बुझ्यौ तब हामी बिच प्रेम झागियो, मौलायो ।

           प्रिय मानब, प्रेम गर्नै हुदैन भन्ने हाम्रो समाज आज बिज्ञानले कहाँ हिडाईरहेको छ। यही मानव जातिको इतिहासमा प्रेमका लागि एकता, द्वन्द्व, बिनास र पुनः एकता सहित माया प्रेम छ र त तिमी छौ र म छु । तिमी र म भएकोले नै त हामी छौं । यसैले मानव जातिको इतिहास तिमी र म प्रतिको असीम पे्रमालयको सानो स्मरण पत्र तिमिलाई लेखिरहेको छु।  आज प्रेम दिवसको दिन, मात्र प्रेम हुने भए यो कहानी लेख्नै पर्दैन थियो। प्रेमले दिवस पर्खदैन। दिवस कुरेर गरिने प्रेम होईन। प्रेम, घृणा, संघर्ष हो । कायरले प्रेम गर्दैन ।       

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif