Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

क्यूएफक्समा सिनेमा हेर्नेलाई सनराइज बैंकले पपकर्न खुवाउने


२०७६ फाल्गुन २ गते , शुक्रवार प्रकाशित

सनराइज बैंकले क्यूएफएक्स सिनेमासँगको सहकार्यमा सनराइज पपकर्न मानियाको उद्घाटन गरेको  छ । 

शुक्रबार क्यूएफएक्स कुमारी हलमा आयोजित एक कार्यक्रममा बंंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले उक्त योजनाको सुरुवात गरे । 

उक्त हलमा सिनेमा हेर्न आएका दर्शकहरु माझ विभिन्न रमाइला खेलहरु सञ्चालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।

तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क्युएफएक्स सिनेमाघरमा कुनैे पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशूल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क पपकर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सन्राइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्पmत भुक्तानी गर्नुपर्नेछ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif