Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

प्रेमलाई ध्यानको सन्तुलन चाहिन्छ – ओशो


२०७६ फाल्गुन २ गते , शुक्रवार प्रकाशित

  बर्षको एक पटक मानिहरुले प्रेम उत्सव मनाउने गर्दछन् तर यो प्रेम त अहर्निशको साधना हुने कुरा हो । अनि प्रेम ठूलोभन्दा ठूलो रहस्य पनि हो । तर संसारमा सबैभन्दा ठूलो कुरा कुराको  अकाल छ भने त्यो पनि प्रेम कै छ । जस्तो कि कबिरले पनि भनेका छन् : ‘प्रेम न बाडी उपजे, प्रेम न हाट बिकाया’ अर्थात् प्रेम न बारीमा फल्छ न हाट बजारमा बिक्छ’ । त्यसो भए यो दुर्लभ कुरा कसरी पाइन्छ त ?    आजको बुद्धि आधारित मानिएको युगमा जहाँ अहंकार ढसमस्स खडा छ त्यहाँ प्रेमका लागि बातावरण बनाउनु पर्दछ । यस प्रकारको बातावरण जहाँ प्रेमी प्रेमिकालाई तिरस्कारको नजरले हेरिदैन । जसलाई साच्चै नै प्रेमको तृप्ति अनुभब गर्नु छ तिनका लागि ओशोको यो सुत्रले मद्दत पु¥याउन सक्तछ ।    पहिला कुरो त यो बुझ्नु प¥यो कि प्रेम क्षणिक हुन्छ । त्यो हावाको झोंक्का जस्तै आउँछ र तुरुन्तै फिर्ता पनि हुन्छ । जति बेला प्रेम आउँछ त्यसबेला मानिस यत्ति प्रेममा डुबिहाल्छ कि उसले सोच्न पनि सक्तैन कि कुनै बेला यो फर्केर जान्छ । प्रेम कुनै पनि बेला बिदा हुन सक्तछ । त्यस्तो क्षणमा मानिस रोमाण्टिक हुने गर्दछन् । प्रेमको बेलामा प्रेमीहरु जन्म जन्म साथ रहने कसम खान्छन् । तर पछि त्यसलाई उनीहरुले पूरा गर्न सक्तैनन् ।    त्यसैले प्रेमको अनुभव गर्ने हो भने त्यससँग सम्वन्ध कायम गरिनु हुदैन । कुनै ब्यक्ति आओस् या जाओस् तर प्रेमको आभा मानिस भित्र बनिरहोस् । दोश्रो कुरा के छ भने पुरुष र स्त्री एउटै पक्षका दुइ पाटा हुन् । तर दुबैको स्वभाब एकदमै भिन्न भिन्न छ । त्यसैले लडाई झगडामा समय नष्ट नगरेर उनीहरुले एक अर्कालाई बुझ्ने प्रयत्न गर्नु पर्दछ । प्रेमको गणित अत्यन्तै भिन्न किसिमको हुन्छ । यहाँ सधैं दुइ दुइ चार हुने गर्र्दैन । दुइ दुइ एक पनि हुन सक्तछ या पाँच पनि  ।    प्रेम धेरै चाडो घृणामा बद्लिने गर्दछ । किनभने घृणा तल रहेको हुन्छ । त्यसैले प्रेम सफल पार्नु छ भने तलका दुर्भावहरुलाई सफाई गर्नु अत्यावश्यक हुन्छ । इष्र्या, क्रोध, घृणा, स्वामित्व सबैले प्रेमको घाँटी दबाउने गर्दछन् । यसकारण प्रेमका साथ ध्यानको सजगता अनिवार्य छ । ध्यानको जागरुकता र सन्तुलन आयो भने त प्रेम सफल हुन सक्तछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif