Thursday, 09 July, 2020    |    २०७७ असार २५ गते , विहीवार

अदुवा प्रशोधन तथा बजारीकरण तालिम कुश्माामा आरम्भ


२०७६ फाल्गुन २ गते , शुक्रवार प्रकाशित

    फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्था पर्वतको आयोजनामा अदुवा प्रशोधन तथा बजारीकरण तालिम हिजोदेखि शुरु भएको छ । लघु घरेलु तथा साना उद्योग विकास कोषको आर्थिक सहयोग तथा नेपाल घरेलु तथा साना उद्योग महासंंघ पर्वतको समन्वयमा उक्त तालिम कुश्मा नगरपलिका वडा नंं ९ कटुवा चौपारीमा शुरु भएको हो । 


  तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेले लिएको तालिमको मात्रै सदुपयोग गर्न सके महिला दिदी वहिनीहरु बेरोजगारी बस्न नपर्ने बताए । अदुवा जस्ता स्थानिय स्तरमा उत्पादन हुने कृषि उपजमा आधारित उद्यमहरुको स्थापना हुन सकेमा दिगो आर्थिक विकास हुने धरणा व्यक्त उनले ब्यक्त गरे । फ्रन्टलाइन नेपालका अध्यक्ष शिवप्रसाद शर्माको अध्यक्षता तथा स्थानीय ताजा तरकारी उत्पादक महिला समूहका सचिव भगवती लामिछानेको संचालनमा सम्पन्न उद्घाटन सत्रमा वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने, घरेलु तथा साना उद्योग विकास समिति पर्वतका प्रमुख गोविन्द पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य शिवशर्मा पौडेल, ताजा तरकारी उत्पादक महिला समूहका अध्यक्ष यशोदा लामिछाने लगाएतले मन्तव्य राखेका थिए । 

    तालिममा ताजा तरकारी उत्पादक महिला समूहका ३० जना सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण सामुदायिक खाद्यप्रशोधन केन्द्र मुडिकुवाका अनुभवी उद्यमी थानेश्वर भुषालले गरेका छन् ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif