Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

पश्चिमको ‘भ्यालेण्टाइन डे’ र पूर्बीय परम्परा


२०७६ फाल्गुन १ गते , विहीवार प्रकाशित

हरेक बर्ष १४ फेब्रुअरीका दिन प्रेमको सम्मान गर्ने र समर्पित हुने सन्त भेलेण्टाइनको सम्झनामा मनाइने ’भेलेण्टाइन डे’लाई आजकल ‘प्रेम प्रस्ताव राख्ने’ दिनको रुपमा पनि लिन थालिएको छ । भूमण्डलीकरणको कारणले आज केवल उत्पादन र प्रविधिलाई मात्र विश्वव्यापी वनाएको छैन त्यसको साथै रीति रिवाज, रहनसहन र परम्परालाई पनि अपूर्वपमा बिश्वस्तरमा नै विस्तार गरेको पाइन्छ । वास्तवमा विश्व स्तरमा यूवा यूवतीका वीच हिजोआज भेलेण्टाइन दिवस मनाउने जुन प्रचलन आएकोे छ त्यो भने त्यति आधुनिक होइन जति यसलाई आधुनिक सझिन्छ । पूर्बीय परम्परामा भारतीय उपहाद्विपको सन्दर्भलाई मात्र  हेर्ने हो भने पनि यो कुरा प्रष्ट हुन्छ । निश्चयनै नेपालका लागि भने यो दिवस आधुनिक लाग्दछ । किनभने यहा बितेको लगभग १० र १५ वर्षयतादेखि यो भालेण्टाइन दिवसको  हलचल देखिन थालेको हो । व्यवसायीकरणले यसको प्रचार प्रसार गर्नमा पनि पूरा ऊर्जा दिएको छ । ज्यादाजसो यूवा यूवतीहारुलाई थाहा पनि छैन कि यो भेलेण्टाइन दिवसको अर्थ के हुन्छ । उनीहरुलाई के मात्र थाहा छ भने यो आफ्ना केटा या केटी साथीसङ्ग प्रेमको प्रस्ताव राख्ने दिन हो ।

   पूर्वीया साँस्कृतिक चिन्तकहरुले भेलेण्टाइन दिवसवाट साँस्कृतिक अतिक्रमण भएको भनेर डराउनु व हतोत्साहित हुनु पर्ने केही कुरा भने  छैन । पूर्बी गोलद्र्धमा पनि भेलेण्टाइनभन्दा पनि बढी प्रेमका निर्भिक र मोहक परम्परा रहेका छन् । भेलेण्टाइन दिवस त नेपालका ‘रोधी’ ‘धान नाच’ लगायत बिभिन्न मेला, पर्बमा गाइने गीत र गरिने नृत्य तथा भारतको ‘मदनोत्सव’ ’रङ्गाली विहू’आदिको आधुनिक सस्करण जस्तो मात्र लाग्दछ । जसलाई भेलेण्टाइन दिवसवाट परम्परागत संस्कृति समाप्त हुने वा आफ्नो सँस्कृति डुव्छ भन्ने डर लागिरहेको छ तिनले यो पूर्वीय संस्कृतिको जगलाई पक्रिन सकेको रहेनछ भन्ने स्पष्ट हुन्छ ।   हाम्रो यताको पूर्वीय परम्परामा पुराणकालीन कुराहरु पहिल्याउने हो भने ब्रम्ह पुराणमा विधि–विधानसहीत कामदेव र रतिदेवीको उपासनाको उल्लेख पाइन्छ । चैत्र शुक्लको द्वादशीलाई मदनद्वादशी र त्रयोदशीलाई मदनोत्सव मनाउने विधान त्यसमा लेखिएको छ । अहिलेसम्म पनि कतै कतै गाउ घरमा यो प्रथा प्रचलित रहेको छ । यो उत्सवका दिन युवतीहरु अशोक बृक्षको मुनि कामदेव र देवी रतिको मूर्ति या चित्र वनाएर त्यसको अगाडि नृत्य गर्ने र त्यसैसँग सम्वन्धित गाना गाउने गर्दछन् । ’नमः बाय,देवदेवाय मूत्र्तये’ भन्ने मन्त्रको जाप गर्दै रति उद्दीपनको कामना गर्दछन् । सजिसजाउ किशोरीहरुले नृत्य गर्दे पैतालाले अशोक बृक्षमा मृदु आघात पु¥याउदछन् । के मान्यता छ भने त्यसवाट कामदेव प्रसन्न हुने छन् । यस अनुष्ठानद्वारा तिनले आफ्ना प्रेमीलाई रिझाउने प्रयत्न गर्ने गर्दछन् भन्ने बिश्वास र मान्यता रहेको छ ।
    भारतका जयदेवको अमर काव्यकृति ‘गीतगोविन्द’मा राधा र कृष्णको प्रणयलिलाका यस्ता सजीव शव्द चित्रणहरु पाइन्छन् कि त्यो पढ्दा रोमरोममा संगीतकै गुञ्जन भएजस्तो अनुभूतिहुने गर्दछ भनिन्छ । त्यस मधुर लयात्मक,गेय,समृद्ध, काव्यलाई,जुन भारतको खजुराहो र कोणार्क छन्दमा छन्, वैष्णव सम्प्रदायमा धर्म ग्रन्थको दर्जा दिइएको छ । मन्दिरहरुमा यसको गायन हुने गर्दछ ।  संसारमै भारतलाई एउटै मात्र यस्तो देश मानिन्छ जसले ‘काम र मृत्यु’लाई इश्वरको दर्जा दिएको छ । भारतमा ‘कामदेव’ र ‘यमदेव’को वहुत सम्मान हुने गर्दछ । विश्वका पश्चिमा सस्कृतिहरुले सैतान,सेटन,डेभिल,दानव आदि नाम दिएका छन् । त्यसैले बढ्दो पश्चिमा सँस्कृतिको पिरलोमा परेर समृद्ध र स्वस्थ सोच राख्ने कुनै पनि देश भेलेण्टाइन दिवसवाट डराउनु् शोभा दिने कुरा होइन भन्ने मत पनि आज त्यत्तिकै जीवन्त छ ।
  यसै प्रसंगमा भारतको असममा वैशाख महिनामा १४–१५ अप्रिलमा ’बोहाग बिहू’ जुन मनाइन्छ,जसलाई ‘रङ्गाली बिहु’ पनि भन्ने गरिन्छ । त्यसको अगाडि भेलेण्टाइन दिवस फिक्का लाग्दछ । असममा वर्षको तीन पटक यो बिहू पर्व मनाइने गरिन्छ । जनवरी–फरवरीमा जतिवेला बालीनाली काटिन्छ त्यतिवेला माघ विहू या भुगाली बिहू ,अप्रिलमा फसल लगाउने वेलामा बोहाग बिहू या रङ्गाली बिहू अनि अगस्ट–सेप्टेम्वरमा जव बर्षाको कारण नदीहरुमा वाढी आउने गर्दछ र फसल विगार्दछ र खान पिउन पनि कठिनाई पर्दछ त्यतिवेला ‘काति बिहू’ या ‘कङ्गली बिहू’ मनाउने गरिन्छ ।   यी सबै ‘बिहू’ पर्वहरुमा असमका गाउ–गाउमा किशोर किशोरी कुमार–कुमारीहरु भेला भएर मजाले मञ्च वनाएर गीत गाउने एक आपसमा मिलेर नृत्य गर्ने गर्दछन्, इशारा–कटाक्ष गर्ने गर्दछन्, एक अर्कालाई ललकार्ने गर्दछन् । गीतहरुमा आफ्ना मनोभावना दर्शाउने गर्दछन् । एक अर्कालाई पूरा शालीनतापूर्वक लोभ्याउने कोशिश गर्दछन् । उनीहरुले एक अर्कालाई प्रस्ताव पनि गर्ने गर्दछन् र जुन जुन जोडीका वीचमा सहमति हुने गर्दछ तिनीहरु गउका गन्यमान्य व्यक्तिहरुका अगाडि शीर झुकाएर एकसाथ खडा हुने गर्दछन् । तिनले गाउका गन्यमान्य व्यक्तिहरुलाई सम्मान गर्दै काँधमा गाम्चा ओढाइदिने वा अर्पण गर्ने चलन पनि छ । यसरी गन्यमान्य व्यक्तिलाई गाम्चा दिदा कुमार–कुमारीवीचको प्रेमलाई सामाजिक स्वीकृति प्राप्त हुने गर्दछ । अनि उनीहरुले परस्परमा विवाह गर्ने गर्दछन् ।   हाम्रै होली आदि नृत्यहरुले पनि धेरथोर मात्रमा यस्तै मनोभाव समेटेको पाइन्छ । यसो भएको हुनाले हाम्रा प्राचीन सस्कृतिका चिन्तकहरुले ‘भेलेण्टाइन डे’वाट बिचलित हुनु पर्ने कुनै कारण छैन । ‘भेलेणटाइन डे’वाट आत्तिने चिन्तकहरुले केवल के मात्र जनाइरहेका छन् भने उनीहरुलाई आफ्नै परम्परागत रतिरागीय सस्कृतिको वारेमा ज्ञान छैन । हाम्रा प्राचीन मठमन्दीरमा अंकित र कुदिएका वा उत्कीर्ण गरिएका काष्ठ कला, धातुकहरुलाई हेरियो भने त्यहा पनि हामीले भेलेण्टाइन डेलाई सम्झना गराउने दृष्यहरु देख्ने गर्दछौं । त्यसैले पूर्ब र पश्चिमका सँस्कृतिलाई एक अर्काले ग्रहण गर्दछन् र सिक्दछन् भने त्यसबाट पिरोलिनु र चिन्ता लिनुपर्ने आबश्यकता छैन । प्रेम शक्ति हो र यसको दुरुपयोग गरिनु हुन्न भन्ने कुरा भने जहापनि र जहिले पनि उचित कुरा हो । कुनै शक्तिको दुरुपयोग गरियो भने त्यसले बिकृति र बिसंगति ल्याउँदछ भन्ने कुरा त र्सबमान्य कुरा नै भयो । यो सर्बत्र लागु हुने कुरा हो ।   वस्तुतः भेलेण्टाइन डे पनि आफ्नो मूलरुपमा एउटा सन्तकाप्रति श्रद्धा अर्पण गर्ने वा निवेदन गर्ने कुरा नै हो । यस दिवसको विरोध गर्नको सट्टा के आवश्यक छ भने यसलाई नेपालीकरण भने निश्चय नै गर्नु उचित र आवश्यक छ् । प्रेम प्रस्तावका लागि पार्क,होटेल या रेष्टुराँको सट्टा कुनै मन्दिर, मसजिद, चर्च वा आफ्नो कुनै विश्वसनीय या श्रद्धेय मानिसहरुका निवास स्थानलाई चयन गरिनु पर्दछ जसले गर्दा प्रेममा निष्ठा र दीव्यता आउन सकोस् । यो भ्यालेण्टाइन डे को नेपालीकरणको पहिलो कदम हुन सक्दछ । बनिवनाउ उपहार या वधाई पत्रद्वारा प्रस्ताव गर्नु निष्कृय वा निर्जीव प्रस्ताव हुन्छ । यसैकारण यस्ता प्रस्तावहरुमा सजीवता र स्थायित्व पाइदैन । यसलाई सकृय र सजीव वनाइनु पर्दछ । उपहार आफ्नै हातले वनाएर दिइनु पर्दछ । यो उपहार एकदमै कलात्मक नै हुनु पर्छ भन्ने त्यस्तो केही कुरा छैन । मूख्य कुरा के हो भने यो प्रेमको स्वभाविक अभिव्यक्ति हुन पर्दछ, वस त्यत्रि होे । उपहार यसरी आफैले वनाएर दिइन्छ भने ती व्यवसायहरुमा पनि नियन्त्रण लाग्ने छ जसले केवल मानिसहरुको भावनालाई भड्काएर त्यस प्रकारका उपहारहरु उनीहरुको आर्थिक शोषण गर्नका लागि चलाउने गरेका छन् ।   एउटा के कुरामा ध्यान दिनु राम्रो होला भने वोटवाट झरेका फूलहरुको उपयोग प्रेम प्रस्तावका लागि कहिले पनि गरिनु हुदैन । जुन फूल आफ्नो मूलसङ्गै काटिएको छ वा काटिएको हुन्छ त्यो ओइलाएर जाने कुरा निश्चित छ । यस्ता फूलहरु दिएर प्रेम प्रस्ताव राख्नाले प्रेमलाई स्थाइत्व प्रदान गर्दैन । फूल नै दिनु छ भने पनि फूलको वोट रोप्ने अनि त्यो जति वढ्दै र हुर्किदै जान्छ त्यसैगरी प्रेम पनि गाढा र गहिरो हुदै जान्छ । प्रेम प्रस्तावमा समजका गन्यमान्य मानिसहरुको स्वीकृतिलाई पनि समावेश गरिने परम्परा वसालिनु पर्दछ जसले गर्दा त्यसलाई सामाजिक मान्यता पनि प्राप्त हुन्छ । अनि हाम्रा गन्यमान्य व्यक्तित्वहरुको पनि विशाल हृदय हुनु पर्दछ जसले गर्दा उनीहरुप्रति सन्त भ्यालेण्टाइनलाई जस्तो श्रद्धा र सम्मान प्राप्त हुन सकोस् । जाति पाति,धर्म,भाषा,क्षेत्रियता आदिको झैझगडामा उल्झिएको कुनै पनि देश, समाज राष्ट्र यदि प्रेमको वाटोवाट जोडिन खोजेको छ भने त्यसलाई जोडिन दिनु पर्छ । तोडिन दिइनु हुदैन । आज हामीलाई हाम्रो देशमा यस्तै समाज र राष्ट्रलाई जोड्ने, अपनत्व पैदा गर्ने र सौहार्द्रता कायम गर्ने सजीब प्रेम चाहिएको छ । भेलेण्टाइडेले यस्तै प्रेरणा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुलाई प्रदान गरोस् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif