Tuesday, 14 July, 2020    |    २०७७ असार ३० गते , मंगलवार

भेलेण्टाइन डे अर्थात ‘प्रेमको लागि त्याग’


२०७६ फाल्गुन १ गते , विहीवार प्रकाशित

    हरेक बर्ष १४ फेब्रुअरीका दिन भेलेण्टाइन दिवस मनाउने गरिन्छ । पहिले प्रचलनमा नभए पनि आजकल नेपालमा पनि यो दिवस  मनाउन थालिएको छ । यो नेपालको कुनै समुदायको मौलिक चाड पर्व नभए पनि बिश्व बजारको बढ्दो प्रतिस्पद्र्धा, १९९० को देशक यतादेखिको चालु पश्चिमा आर्थिक उदारीकरण तथा बढ्दो  पश्चिमीकरणको प्रभावका कारण यूवा समुदायले यो दिनलाई पनि अक्कल बिनाको नक्कलकोरुपमा  आत्मसात गर्न थालेको देखिन्छ । यसको जसरी आरम्भ भएको भए पनि आजकल खाशगरी यूवाहरुका बीचमा प्रेम प्रदर्शन गर्ने दिनको रुपमा यसलाई लिइन थालेको छ ।   अहिले यो दिवसका दिन प्रेमको प्रतीक रातो गुलाबको पूmल प्रेमी पे्रमिकाकालाई प्रदान गरिने र एक अर्काले  त्यो स्वीकार गरे प्रेम प्रस्ताव मानेको ठहरिने मान्यता बिकसित भएको छ । यसका अतिरिक्त यस दिन अन्य बिभिन्न उपहार पनि  दिने, कार्ड पठाउने, प्रेमपत्र पठाउने र खाशगरी मोबाइलबाट एसएमएस पठाएर प्रेमको आदान प्रदान गर्ने  चलन एउटा सामान्य फेशनकोरुपमा  बढ्दै गएको छ ।      ‘युद्ध र शान्ति’ जस्ता महत्वपूर्ण कृतिका लेखक सुप्रसिद्ध रुसी साहित्यकार लिओ टोल्सट्वाईले प्रेमलाई सर्बोच्च स्थान दिदै ‘जहाँ प्रेम त्यही इश्वर’ अर्थात् ‘ह्वेर लभ इज, गड इज’ भनेका थिए । बिश्व कम्युनिष्ट आन्दोलनका पथ प्रदर्शक तथा बिश्व बिख्यता दार्शनिक कार्ल माक्र्सले पनि ‘समाजले प्रेमपूर्वक बाच्न सकोस् भनेर हामी लडिरहेका छौं’ अर्थात् ‘हम इसलिए लड्ते हैं कि प्रेम से जग में जी सकें’ भनेका थिए । ब्यक्ति–ब्यक्ति, समाज, राष्ट्र र बिश्व भरी नै पे्रमको ठूलो महत्व छ  भन्ने कुरा यी उक्तिहरुले पनि दर्शाउदछन् । यसरी यो प्रेमको बिश्वब्यापी अत्यन्तै ठूलो महत्व रहेको कुरामा दुइ मत छैन ।    तर अहिले मनाउने गरिएको प्रेम दिवस या प्रणय दिवसको रुपमा लिइने १४ फेब्रुअरीकोे दिनको पनि आफ्नै छुट्टै कथा रहेको  छ । यो प्रेममाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको हर्षोल्लास र प्रेममाथिको दमनका बिरुद्ध बिद्रोहको प्रतीकको दिनको रुपमा मनाइन थालेको हो । यस दिवसको आरम्भ आजभन्दा २७२ इशा पूर्व अघिदेखि भएको मानिन्छ । सन्त भेलेण्टाइनलाई तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले मृत्यु दण्ड दिएको घटनाको स्मरण गर्दै यो दिवस मनाउन थालिएको उल्लेख छ । सम्राट क्लाउडियस प्रेम र बिवाहले सेनालाई कमजोर बनाउदछ भन्ने मान्यता राख्दथे र सेनालाई प्रेम र बिवाह गर्न प्रतिबन्ध लगाएका थिए । यो प्रतिबन्ध बिरुद्ध बिद्रोह गरेको कसुरमा फेब्रुअरी १४ का दिन सन्त भेलेण्टाइनलाई मृत्युदण्ड दिएको थियो । मृत्युदण्ड पाउनु अगाडि भ्यालेण्टाइनले आफ्नी पे्रमिकाका लागि ‘फ्रम योर भेलेण्टाइन’ अर्थात् ‘तिम्रो भेलेण्टाइनको तर्फबाट’ भन्ने वाक्यांश लेखेको र प्रेमको लागि मर्न पनि तयार भएको घटनाको सम्झनास्वरुप यो दिन मनाउने प्रचलन चल्दै आएको  हो । यसलाई यसै अर्थमा बुझेर युगल जोडीहरुका बीचमा मात्र होइन, परिवार, समाज मातृभूमि र बिश्व प्रेमको न्यायो र सद्भावपूर्ण बातागरण कसरी बनाउन सकिन्छ त्यसमा ध्यान केन्द्रित गरिनु उपयुक्त हुन्छ  ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif