Tuesday, 14 July, 2020    |    २०७७ असार ३० गते , मंगलवार

गण्डकी प्रदेसले सहिदको स्मृतिमा मनायो जनयुद्व दिवस ।


२०७६ फाल्गुन १ गते , विहीवार प्रकाशित

                                                सीताराम थापा                                                     गण्डकी प्रदेस भर एउटै ब्यानरमा जनयुद्व दिवस मनाएको छ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टिको आयोजनामा उस्तै प्रकृति रुप रंङ्गमा । यसै अनुसार बागलुङमा पनि जनयुद्व दिवस मनाउन होलटमा पार्टीका समर्थक मानिसहरु र सदस्यहरु क्रमश बागलुङको  सितलमा शोटलमा आगमन हुन्छ।   तमतयारीको लागि प्रदेसभरको लागि यउटै भाका र नारा लेखिएको ब्यानर र २० जना बेपत्ता परिवार र १२० जना सहिदको तस्बीरको फोटो छुट्टा छुट्टै भित्तामा सजाईएको देखिन्छ।                                                           यता मानिस भरिन थाल्छन, उता जनयुद्व दिवसको प्रवचन कार्यक्रम आरम्भ हुन्छ। संचालन गर्दै पार्टी सचिब अनिल यानेकि याम नाथ गैरेले जिल्ला अध्यक्ष एवं प्रदेस सांसदलाई अध्यक्षता र पार्टी स्थाई समिति सदस्य र संघीय सांसद देबेन्द्र पौडेल प्रमुख अतिथि र अन्य अतिथिको आसन ग्रहण गराउँदछन् । जनयुद्वका शहीदहरुको स्मरणमा एक मिनेट मौन धारण गरिएपछि स्वागत गर्दै स्वागत  लाल बहादुर थापाले भाबुकता, निष्ठा र बलिदानको उपलब्धिको चर्चा गर्छन। जनयुद्व दिवस भएकाले सहिद परिवारका गौरी संकर बि. क. र जसोदा शर्माले  सम्बोधन गर्दै छातिमा तातो गोलि थापिदाको चोट असैह्य भएको टिप्पणी साथ भन्छन, खुकुरीको चोट अचानोलाई थाहा हुने हुदा १० लाख पाएर पीडितको सम्मान नपुग्ने बताउछन। उनीहरुको साझा माग बेपत्ता र शहीद परिवार लाई परिचय पत्र यसको आधारमा निसुल्क उपचार शिक्षा र जीबिकोपार्जन हुनुपर्ने आवाज बुलन्द गर्छन। शीहद र बेपत्ता परिवार भन्छन , २५औ जनयुद्व दिवस,मनाउदा अझै सम्मानको अनुभूति दिलाउज नेतागणमा आग्रह गर्छन। गण्डकी प्रदेस सचिब नेपालीले जनयुद्व र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संघीय गणतन्त्र नेपालको भावना अनुरुप समाजबादमा पुराउन जनताको मनोभावना अनुरुप काम गरेर देखाउने सामुहपक अभिभारा पूरा गर्न र शहीदको सपना साकार पार्न आह्वान गर्छन।
   प्रमुख अतिथिको आसन बाट बोल्दै देबेन्द्र पौडेलले बर्गीय उत्पीडन र बिभेदपुर्ण सामान्ति निरंकुसता भत्काउन र नया संविधान जारी गर्न जनयुद्व मुल आधारमा जन आन्दोलन सहकार्य भएर पार्टी एकता गरी अघि बढेको बताउछन। उनले २००६ शालमा क. पुस्पलालको बिचार शस्लेषण गर्दै समन्तबादको किल्ला भत्काउन सफल भएको बताउछन। शहीदको बलिदान, त्याग तपस्या बाट प्राप्त गणतन्त्र आएकोले दलाल पूँजिपति बर्गलाई कमजोर बनाउदै बैज्ञानिक समाजबादको आधार तय गरिने बताउछन। उनले भौतिक बिकासको आधार तयार गरिरहेको र आर्थिक साकाजिक क्रान्ति गर्ने अभिभारामा लागिरहने कथन सुनाउछन।      अन्तमा  जनताको मनोबिज्ञान जितेर लोकतान्त्रिक विधिबाट फेरि चुनाब जित्न सकिने गरि जनतामुखी कार्य गरेरै देखाउने र देखाउन आब्हान गर्दै पार्ठी अध्यक्ष ईन्द्रलाल सापकोटाले समापन सन्देस सुनाउछन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif