Tuesday, 07 April, 2020    |    २०७६ चैत्र २५ गते , मंगलवार

ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशियाको काउण्टर


२०७६ माघ २९ गते , बुधवार प्रकाशित

ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले काउण्टरको उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने  विश्वास व्यक्त गरे । 

बैंकले ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif