Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

सनराइज बैंकको ४८औं शाखारहित बैंकिङ्ग खैरहनीमा


२०७६ माघ २९ गते , बुधवार प्रकाशित

सनराइज बैंकले चितवनको खैरहनी नगरपालिका–१३, गवैमा ४८ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । एक कार्यक्रममाबीच खैरहनी नगरपालिकाका उप(प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा सेवा उद्घाटन गरिएको हो । 

उपप्रमुख थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि ध्रुव कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेकी थिइन् । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिनेछ । 

हालसम्म बैंकले १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif