Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

नयाँ प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त


२०७६ माघ २९ गते , बुधवार प्रकाशित

      तीस बर्षे कार्याबधि सकिएर प्रहरीको महानिरीक्षक पदबाट सर्बेन्द्रनाथ खनालले अबकास पाए पछि हिजो २०७६ माघ २८ देखि ठाकुर ज्ञवाली नियुक्त भएका छन् । खनालले प्रहरी संगठनलाई जनतासँग जोड्न खोजेका जस्ता राम्रा कामहरुलाई अझ अगाडि बढाउने र प्रहरी संगठन खाशगरी यसका तल्लो दर्जाका प्रहरी जवानहरुको सेवा सुबिधालाई आकर्षक बनाएर प्रहरीले खेल्ने भूमिकालाई अझ सशक्त, प्रभाबकारी र जनप्रिय तुल्यािउन ज्ञवालीले भूमिका खेल्ने प्रहरी भित्र र बाहिरसमेत अपेक्षा गरिएको छ । सामान्य पारिबारिक पृष्ठभूमिका ब्यक्ति ज्ञवाली प्रहरीको सर्बोच्च पदसम्म पुगेकाले पनि सर्ब साधारण प्रहरीले उनीबाट निकै अपेक्षा गरेको हुन् ।


    खाशगरी साना प्रहरी कर्मचारीको सरुवा, बढुवा, तालिम र बिदेश भ्रमण तथा सेवा सुबिधामा रहेका भनसुन, सोर्सफोर्स, नजाराना जस्ता बिकृतिलाई हटाएर स्वच्छ, पारदर्शी र संस्थागत कानुनी आधारमा बस्तुतः खडा गर्न सकेभने यसले प्रहरी संगठनमा ठूलो सुधार हुने र साना प्रहरी पदमा रहेकाहरुले राजीनामा दिदे हिड्नु नपर्ने र जनताका लागि समर्पित भावले प्रहरी सेवा प्रदान हुन सक्ने कुरा नब नियुक्त महारनिरीक्षकले बुझेका छन् भन्ने प्रहरीमा कार्यरतहरुको बिश्वास र अपेक्षा रहेको पाइन्छ । यद्यपि नब नियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीको पदाबधी भने छोटो रहेको छ । यस अबधिमा प्रहरीको नेताको हिसाबले उनले नसुल्झिएका धेरै समस्याहरु कसरी सुल्झाउलान् प्रतिक्षाका बिषय बनेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif