Tuesday, 14 July, 2020    |    २०७७ असार ३० गते , मंगलवार

नौ बामले दिए एमसीसी पारित नगर्न सभामुखलाई ज्ञापनपत्र


२०७६ माघ २८ गते , मंगलवार प्रकाशित

      आज नौ बामको एक प्रतिनिधि मण्डलले यमसीसी संसदबाट पारित  नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।  एमसीसी सम्झौता र भारतीय सीमा अतिक्रमण बिरुद्ध कार्यगत एकता गरिरहेका ९ दलका प्रतिनिधिहरुले आज अपरान्ह ४ बजे सभामुख अग्नि सापकोटलाई उहाकै कार्यकक्ष सिंहदरबारमा भेटेर ज्ञापन पत्र बुझाएका हुन् । यसका लागि क्रान्तिकारी माओवादीका नेता तथा देजमोका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युष्निट पार्टीका नेता ऋषि कट्टेल, माओवादी केन्द्रका उपाध्यक्ष तिलक थापा लगायतका ९ दलका पतिनिधिहरु सिंहदरबार पुगेका थिए । उनीहरुले यस्तै ज्ञापनपत्र यस अघि प्रधानमन्त्री केपी ओलीलाई पनि दिएका थिए ।


   त्यस बखत ओलीले यमसीसी संसदबाट पारित हुने कुरा दोहोर्याएको त्यहाँ गएका एक नेताले बताएका छन् ।  तर सभामुख सापकोटाले भने एमसिसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो क्षेत्राधिकार अनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारेको समाचार छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif