Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

खट्नुपर्छ डट्नुपर्छ हे ! युवा निरन्तर


२०७६ माघ २८ गते , मंगलवार प्रकाशित


— इन्द्रनारायण सुबेदी
 हे ! युवा निरन्तर ************************
राख्नुपर्छ स्वाभिमान नित्य स्वच्छ देशको।
बुझ्नुपर्छ के रहस्य हुन्छ छद्म भेषको।
काँधमाथि बोक्नुपर्छ देश राख्न गौरव ।
उठ्नुपर्छ जुट्नुपर्छ एक भै युवा अब।

साँच्नुहुन्न ब्यर्थ हुन्छ हातपाउको बल।
कर्म साधना गरेर मेट्नुपर्छ तल्तल।
देश मात्र जप्नुपर्छ ती हरेक सासमा।
देश मात्र देख्नुपर्छ झन् हरेक गाँसमा ।
 
(चित्रिका छन्दको अभ्यास)



जन्मभूमि झैँ विशाल छैन अन्य मन्दिर।
न्याँस ध्याँन लाग्नुपर्छ देशमै निरन्तर ।
मिल्नुपर्छ जात जाति इष्टमित्र बान्धव ।
खोज्नुपर्छ स्वर्ग मिल्छ देशमै युवा अब।


रोग भोक शोकबाट झट्ट मुक्ति पाउँन।
कर्मशील भै अनेक दुर्दशा हटाउन ।
हात हात मिल्नुपर्छ देश बन्छ सुन्दर ।
खट्नुपर्छ डट्नुपर्छ हे ! युवा निरन्तर ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif