Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

दिल्लीले बीजेपीलाई फेरि राम्रो जबाफ दियो


२०७६ माघ २८ गते , मंगलवार प्रकाशित

आम आद्मी पार्टील अनुमान गरे अनुसार दिल्ली बिधान सभामा अत्यन्तै राम्रो प्रदर्शन गरेरै छाड्यो । ७० बिधान सभा सीटमा दुइ तिहाईभन्दा बढी प्रचण्ड बहुमतको ६३ सीट जिताएर दिल्लीका प्रबुद्ध जनताले उनीहरुका लागि थप काम गर्न आम आद्मी पार्टी(आप)लाई बिजयको आशिर्बाद दिए । दिल्लीमा भारतीय राष्ट्रिय काग्रेसको पत्ता साफ भयो । जुन अनुमा एक्जिट पोलले गरेको थियो दिल्ली निर्बाचनमा त्यो प्रमाणित भयो । आपको कुचोले बिजेपी र काग्रेस आईलाई बढारेर साफै बनायो ।




  अब आम आद्मीले जनताको बिजयको सम्मान अझ राम्रोसँग थप काम गरेर गर्न सक्नु पर्दछ । कुनै तुजुक र फाश्रो घमण्डको कुनै काम छैन । अनि हिन्दू अतिबादी दक्षिणपन्थको यात्रा भारतको राजधानी दिल्लीलाई पाच्य छैन भन्ने कुरा पनि यो निर्बाचन परिणामले प्रष्ट दर्शाएको छ । भारतीय जनता स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्तिता चाहन्छन् भन्ने कुरा पनि यो निर्बाचनले दर्शाएको छ ।

    दिल्लीको यो चुनावले भारतीय राजनीतिको आगामी परिदृष्यको प्रारुप पनि प्रदान गरेको त्यहाँका बिश्लेषकहरु औल्याउन थालेका छन् । काग्रेस र बिजेपीको एउटा राष्ट्रिय बिकल्पको खोजीमा भारतीय जनता छन् र त्यस प्रकारको बिकल्प एउटै दलले दिन नसके पनि समान बिचार राख्ने दलहरु मिलेर त्यस्तो समर्पित प्रयत्न गरे भने त्यसले सफलता पाउने कुरा पनि यो चुनावले दर्शाएको बिश्लेपण गरिदैछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif