Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

चिनीयाँ राष्ट्रपति शीको कोरोना फैलिएको क्षेत्रमा निरीक्षण भ्रमण


२०७६ माघ २८ गते , मंगलवार प्रकाशित

फैलँदो कोरोना भाइरस चीनमा घट्दो दरमा फैलिदै`

     अहिले बिश्वमा चीनमा फैलदो खतरनाक कोरोना भाइरसबारेमा ब्यापक चिन्ता बढेको छ । यस भाइरसबाट मृत्यु हुनेको संख्याले  एक हजार नाघेको छ ।   चीनमा नपुगेका मानिसहरुमा समेत यो भाइरसको प्रकोप देखिए पछि यस बारे बिश्वब्यापी चिन्ता अझ बढेको छ ।

  यद्यपि अहिले चीनमा फैलदो यो भाइरसको फैलने दर भने २० प्रतिशतले घटेको चिनीया अधिकारीहरुले बताएका छन् । 


  हिजो हुबेईको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ, आइतबार सङ्क्रमण हुनेको सङ्ख्या दुई हजार ६ सय १८ रहेको दर्शाउदै यसको फैलिने दर घटेको दाबी गरेको बताइएको छ ।

    यी मृतक मध्ये एक हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ ।


 
       चिनीयाँ प्रयासका बाबजुद कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।   अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको  टोली सोमबार चीन पुगेको थियो ।

  चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।   यसै बीच यो भाइरसमाथि बिजय प्राप्त गर्न निदान र उपचारमा अभ बढी तीब्रता र सक्रियताकासाथ लाग्न र जनतालाई आश्वस्त पार्न चीनका राष्ट्रपति शी जिनपिङ्गले उपचार गरिरहेका चिनीया स्वास्थोपचार समूहलाई आग्रह गरेका छन् ।

यो महामारी फैलिए पछि चिनीया राष्ट्रपतिले बेइजिङ्गमा किभिन्न संक्रमित स्थलहरुको भ्रमण गरेर जन जीवनलाई आश्वस्त पारेका थिए ।   यो महामारी बारेमा बिश्व स्वास्थ्य संगठनले त्रास र आतंकको समाचार नफैलाउन र यथार्थ कुरा सही किसिमले राख्न आग्रह गरेको छ भने चीनमा भइरहेको उपचार र रोकथामको प्रयत्नलाई सराहना गरेको छ ।          

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif