Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

सोलार अर्बिटरले दिनेछ सूर्यको बारेमा नवीनतम जानकारी


२०७६ माघ २७ गते , सोमवार प्रकाशित

सूर्यको बारेमा अध्ययन गर्न नासाले आफ्नो नयाँ मिसन सोलार अर्बिटर प्रक्षेपण गरेको छ । यूरोपियन स्पेस एजेन्सीसँग संयुक्त रुपमा नासाले सूर्यको बारेमा सुक्ष्म अध्ययन गर्न अर्बिटरलाई अन्तरिक्षमा पठाएको हो । फ्लोरिडास्थित केप कार्निभल एयर फोर्स स्टेशनबाट स्थानीय समय आइतबार राति ११ः०३ बजे यान प्रक्षेपण गरिएको हो । 

यो अन्तरिक्ष यानले सर्वप्रथम मानव जगतलाई सूर्यका उत्तरी र दक्षिणी ध्रुवको तस्वीर खिचेर पठाउनेछ । बुध ग्रहको कक्षभित्र प्रवेश गरी अर्बिटरले सूर्य र अन्तरिक्षमा यसको असरका विभिन्न पक्षको २२ निकटतम कक्षबाट जानकारी लिनेछ । २ टन बजनको उक्त यानले ७ वर्षमा ४ करोड १८ लाख किलोमिटर यात्रा गर्नेछ । 

सूर्यको नजिक जाँदा हुने तापक्रमबाट बचाउन यानमा क्याल्सिपय फोस्फेट प्रयोग गरी विशेष प्रकारले निर्मित ‘हिट शिल्ड’ प्रयोग गरिएको छ । 

यस सोलार मिसनको अन्त्यसँगै सूर्यको सतहको बदलिँदो व्यवहारका कारणहरु र पृथ्वीमा यसले पुर्‍याउने असरका बारेमा धेरै जानकारी प्राप्त हुने यूरोपियन स्पेस एजेन्सीका विज्ञान शाखा  निर्देशक गुन्थर हाजिंगरले बताएका छन् ।




 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif