Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

प्राइमलाईफ र एभरेष्ट इन्स्योरेन्सको संयुक्त घुम्ती बीमा


२०७६ माघ २७ गते , सोमवार प्रकाशित

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले ठाकुरद्वारा, बर्दियामा आयोजित एक समारोहबीच सो घुम्ती बीमा सेवाको शुभारम्भ गरेका छन् । यो सेवा प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । 

बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरुलाई घरदैलोमा नै बीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । 

सेवा सुचारु गर्ने समारोहमा बोल्दै अध्यक्ष चापागाँइले बीमालाई आम जनतामाझ सरलरुपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै जीवन तथा निर्जीवन बीमा ब्यवसायका विभिन्न आयामका सम्बन्धमा आफ्नो धारणा राखे व्यक्त भएको थियो । 

उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वागत मन्तब्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्ववारे आफ्नो धारणा व्यक्त गरेका थिए ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif