Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

नौ बामको बैठकले दियो दोश्रो चरणको आन्दोलनको कार्यक्रम


२०७६ माघ २७ गते , सोमवार प्रकाशित

नौ बामले देशको स्वाधिनता र सार्बभौमिक अखण्डताको लागि एमसीसीको खारेजी र कालापानी लगायत देशको धेरै ठाउमा भारतले सीमा तथा नक्शा अतिक्रमणका बिरुद्ध माघ २४ का दिन देशका सातै प्रदेशमा राखेको संयुक्त बिरोध सभा सम्पन्न गरेपछि हिजो माघ २६ गते बसेको बेठकले पुनः दोश्रो चरणको कार्यक्रम अघि सारेको छ ।
जस अनुसार यही माघ २८ र २९ गते प्रधानमन्त्री तथा सभामुखलाई  बिरोध पत्र बुझाउने, फागुन ३ गते सबै जिल्लाहरुमा संयुक्त बिरोध सभाहरु गर्ने, फागुन ५ गते ललितपुर लगनखेलमा बृहत जनसम्वाद गर्ने र ८ गते माइतीघर मण्डलाबाट प्लेकार्ड सहीत जुलुश प्रदर्शन गर्ने निर्णय लिएको छ । बैठकले नेमकिपा र संयुक्तसँग पनि आन्दोलनमा सहकार्यका लागि पहला गर्ने समेत निर्णय लिएको छ ।

  राष्ट्रिय स्वाधिनता र सावभौमिक अखण्डताका निमित्त एमसीसीको खारेजी तथा भारतीय सत्ताले गरेको सीमा तथा नक्शा अतिक्रमणका बिरुद्ध यही माघ २४ गते देशका सातै प्रदेशमा नौ बामपन्थीदलहरुले सयुक्त बिरोध सभा गरे हेर्नुहोस् फोटो फिचर :    
एक नम्बर प्रदेशको बिरोध सभा इटहरीमा सम्पन्न गरिएको थियो 


दुइ नम्बर प्रदेशको संयुक्त बिरोध सभा जनकपुरधामको जानक चोकमा गरिएको थियो  :





तीन नंम्बर प्रदेशको संयुक्त बिरोध सभा शान्तिबाटिका काठमाण्डौमा गरिएको थियो :



चार नम्बर प्रदेशको नौ दलको संयुक्त बिरोध सभा पोखरामा गरिएको थियो :

पाँच

नम्बर प्रदेशको नौ दलको संयुक्त बिरोध सभा बुटबलमा गरिएको थियो :


छ नम्बर प्रदेशको नौ दलको संयुक्त बिरोध सभा सुर्खेतमा गरिएको थियो :


सात नम्बर प्रदेशको नौ दलको संयुक्त बिरोध सभा कैलालीमा गरिएको थियो :

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif