Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

सरकारको काम सुस्त भएको प्रमद्वारा स्वीकार


२०७६ माघ २७ गते , सोमवार प्रकाशित

    काठमाडौँ । आजसम्म प्रायः सधैंजसो सरकारले काम गरिरहेको छ भनेर एक एक कामको गन्ति गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो  सिंहदरबारमा राष्ट्रिय बिकास समस्या र समाधान समितिको बैठकमा  हिजो  सरकारको काम अत्यन्तै सुस्त भएको कुरा  स्वीकारेका छन् ।   हिजो सो समितिको ४७औं बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पुँजीगत खर्च नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

  उनले भने – ‘काम नै नभएको त भन्न सकिन्न तर पुँजीगत खर्च सन्तोषजनक छैन’ ‘तर जुन गतिकासाथ विकास गर्नु पर्नेहो, त्यसलाई भेट्याउन सकेनौँ । जसकारण आयोजनाको प्रतिफल पनि ढिलै पाउँछौं।’   आफ्नो अस्वस्थताका कारण बैठकको बीचमै हिँडेका प्रधानमन्त्री ओली आफू अस्वस्थ रहेकोले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नै बैठकमा आवश्यक निर्देशन दिने कुरा बताएर निस्केका थिए ।


  चालू आर्थिक वर्षको प्रथम चौमासिकको अबधिमा ६.१ प्रतिशतभन्दा बढी कुनै मन्त्रालयहरुले खर्च गर्न सकेका छैनन् । आर्थिक वर्षको ६ महिना सकिँदा पनि जम्मा १५.४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif