Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

राष्ट्रिय वाणिज्य बैंकले १२ प्रतिशत नगद लाभांश दिने


२०७६ माघ २६ गते , आईतवार प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको चौधौं वार्षिक साधारण सभाले उक्त लाभांशका साथै आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन पारित गरेको हो । 

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुहुंदै सरकारको अधिकांश स्वामित्व भएको यस बैंकले विगत देखिनै सरकारी नीति तथा कार्यक्रमहरुको कार्यन्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरेहको उल्लेख गरे । 

अध्यक्ष अधिकारीको प्रतिवेदन माथि शेयरधनीहरु अमृतनाथ रेग्मी र दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाव दिएका थिए ।  

बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध रहेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif