Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

हात्ती पाइले रोग बिरुद्ध अभिमुखीकरण तालिम सम्पन्न


२०७६ माघ २६ गते , आईतवार प्रकाशित


शहबाज खाँन 

  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीमा हात्तीपाइले रोग निवारण सम्बंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सागिर अहमद खान, वडा नं २ का वडा अध्यक्ष संजय कुमार गुप्ता , कृष्णनगर स्वास्थ्य चौकी समितिका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, डाक्टर संकर भट्टराई उपसिथति थिया  ।


   माघ २४ गते सम्पन्न उक्त कार्यक्रममा हात्तीपाइले रोगको परिचय, कारण, लक्षण,कसरी र कसरी  सेवन गर्ने, बच्ने  उपाय लगायत अन्य कुराको बारेमा स्वास्थ्यक्रमी नन्द गोपाल विश्वकर्माले प्रकाश पारेका थिए । उक्त कार्यक्रममा त्यस स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले यो रोगलाई सबै मिलेर निर्मूल पार्नु पर्ने, सबैले यो रोगको औषधि सेवन गर्नु पर्ने र यो रोग निवारणका लागि आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने कुरा प्रतिबद्धता जाहेर गरे ।    कार्यक्रममा स्वास्थ्य, शिक्षा क्षेत्र लगायत स्थानीय गरी लगभग ४० जना को उपस्थित रहेको थियो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif