Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

एनसेलको ‘भ्यालेन्टाइन अफर’


२०७६ माघ २४ गते , शुक्रवार प्रकाशित

एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्ने भएका छन् । 

प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र रु १०० मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको प्रयोग गर्न पाउनेछन् ।

भ्यालेन्टाइन अफर यही माघ २४ देखि ३ महिना सम्म लागु हुनेछ । यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले १७११८ मा डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् ।

यो अफरले आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif