Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

आईएमई लाइफले मृतकको घरमै पुगेर दियो बीमा भुक्तानी


२०७६ माघ २४ गते , शुक्रवार प्रकाशित

–सीताराम थापा, वाग्लुङ, 

आइएमई लाइफ इन्स्योरेन्स कंम्पनी वाग्लुङ शाखाले मृत्यु दावी भुक्तानी प्रदान गरेको छ। वेनी नगरपालिका वडा नं १ रत्नेचौर म्याग्दीका बीमित स्वर्गीय सेते चर्मकारको परिवारलाइ घरमै पुगेर रकम भुक्तानी गरिएको हो। चर्मकारको गत भाद्र २० गते घरमै ४८ वर्षको उमेरमा अकस्मात प्राकृतिक मृत्यु भएको थियोे। गत चैतमा रु ५ लाखको बीमा गरेर प्रथम किस्ता प्रिमियम स्वरुप एकपटक रु ३४,७१७/- मात्रै  बुझाएका थिए । 

कार्यवाहक वडा अध्यक्ष टेकबहादुर थापा र आईएमई लाइफ इन्स्योरेन्सका धवलागिरी एरिया मेनेजर शिवप्रसाद शर्माले संयुक्त रुपमा मृतकका श्रीमती गिता किसानलाइ रु ५ लाख १५ हजार रुपैयाको चेक हस्तान्तरण गरे । 

कार्यक्रममा वोल्द‌ै कार्यवाहक वडा अध्यक्ष थापाले बीमा रकमले मृतक परिवारलाई ठुलो राहत प्रदान गरेको भन्दै सम्पूर्ण वडाबासीलाइ बीमा गरेर परिवारलाई आर्थिक सुरक्षाको प्रत्याभुती लिन आग्रह समेत गरे । 

कार्यक्रममा एरिया मेनेजर शिवप्रसाद शर्माले बीमाको विश्वसनियता बढेको र सबैले बीमा गरि जोखिम न्युनिकरण गर्नुपर्नेमा जोड दिए। 

आइएमई लाइफले २०७४ कार्तिक ८ देखि वाग्लुङमा कार्यालय संचालन गरि विमा कारोबार सुरुवात गरेकोमा हाल धवागिरी क्षेत्रमा कुश्मा र वेनीमा गरि ३ शाखा तथा पर्वत हुवास, कुश्मीशेरा वाग्लुङ र पोखरेवगर म्याग्दीमा गरि ३ उपशाखा संचालन गरि विस्तारित रुपमा उत्कृष्ट बीमा सेवा बिस्तार गरेको बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्माले सापकोटाले जानकारी  गराइन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif