Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

कोरोना भाइरसका कारण हालसम्म ४९३ को मृत्यु, संक्रमितको संख्या २४,६३९


२०७६ माघ २२ गते , बुधवार प्रकाशित

चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भारइरसबाट मृत्यु हुनेको संख्या हालसम्म ४९३ पुगेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको यो भाइरसबाट चीनको मुख्य भूमिमा बाहेक हालसम्म फिलिपिन्समा १ जना र हङकङमा १ जनाको यस भाइरसको कारण निधन भइसकेको छ । 

फेब्रुअरी ४ का दिन हङकङमा एक ३९ वर्षीय पुरुषको मृत्यु भएको थियो । यस अघि फिलिपिन्समा ४४ वर्षीय एक चिनीया पुरुषको मृत्यु भएको भएको थियो ।

प्रमुख रुपमा चीनसहित २८ राष्ट्रमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने फेब्रुअरी ५ अबेलासम्मसम्म संक्रमितको संख्या २४ हजार ६३९ पुगेको छ । तीमध्ये ३ हजार २ सय २३ जनाको स्थिति गम्भीर रहेको छ । १ हजार ३७ जना उपचारपछि घर फर्किएका छन् ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif