Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

प्रभु बैंकले प्रदेश नं २ मा वैदेशिक रोजगारी कर्जा दिने


२०७६ माघ १७ गते , शुक्रवार प्रकाशित

प्रभु बैंकले प्रदेश नं. २ का ५ जिल्लाहरुबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि कर्जा कार्यक्रम शुरु गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारले विदेशबाटै कर्जा भुक्तानी लगायत सुविधा पाउनेछन् । 

प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्धि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं उनीहरुका परिवारले यस योजनाबाट अधिकतम लाभ लिनसक्ने बैंकले विश्वास लिएको छ । 

वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।



 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif