Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

शहीदहरुको सार्थक सम्मान गर्ने हो भने !


२०७६ माघ १६ गते , विहीवार प्रकाशित

        जसले देश र जनताका निमित्त हाँसी हाँसी फाँसीको फन्दा घाँटीमा सुर्किaए, जसले निर्भिकताकासाथ छातीमा तातो गोली थापे जसले निरंकूशताका अगाडि शीर पटक्कै झुकाएनन् ती देशका महान बीर सपूतहरु — शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालहरुलाई नेपालको इतिहासमा प्रातस्मरणीय अमर शहीदहरुको रुपमा लिइन्छ । हरेक बर्षमाघ महिनाको दोश्रो साता आउदा जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताका सम्वाहक ती देशप्रेमी तथा जनप्रेमी अबिस्मरणीय बीर अग्रज योद्धाहरुको अदम्य साहस, सौर्य र बलिदानको सम्झना हुन्छ । नेपालका आदि शहीद लखनथापाले आरम्भ गरेको जहानियाँ एकतन्त्री राणा शासन बिरोधी आन्दोलनलाई राजनीतिकरुपमा खडा गर्ने यी चार महान शहीदहरुको शहादतले नै नेपालमा राणा शासन अन्त्य गर्ने बिगुल फुक्यो र ०९७ सालको शहीद पर्वको एक दशकभित्रै देशमा चलेको १०४ बर्षको निरंकूश राणाशाही ढल्यो ।     अमर शहीदलहरुले देखाएको त्यो बलिदानी बाटोको प्रेरणाले नेपाली जनताको आन्दोलन उठ्यो । थप नेपाली बीरहरु बलिबेदीमा चढे । तर त्यो महान बलिदानको सही किसमले  जर्गेना गर्ने शक्तिहरु उत्पन्न भएको संकीर्णता र  अनमेलका कारणले आरम्भदेखि नै राजनीतिक प्रतिगमनको तानाबाना बुनियो । त्यस बेला उठेको संविधान सभाको माग र घोषणालाई लत्याइयो । अनि एक पछि अर्को सरकार बदल्ने र दलहरुलाई सत्ता–कुर्सीको प्रलोभनमा फँसाएर दलहरुकै बीचमा फूट पैदा गर्ने करतुत चल्यो । कतिपय दलका नेताहरुले त्यो षडयन्त्रलाई चिर्न प्रयत्न गरेका हुन् । तर सत्ता–कुर्सीको अन्धताले गर्दा त्यो प्रयत्न सफल हुन सकेन । अन्ततः प्रतिगामी ०१७ साल आयो र प्रजातन्त्रका सबै कुरा खायो । त्यसको बिरुद्ध नेपाली जनताले तीन दशकसम्म जेलनेल, भूमिगत र प्रवासमा रहेर अनबरत लडाई लड्नुर्पयो । अनि बल्ल २०४६ सालमा बल्ल जनताको संयुक्त जन आन्दोलनद्वारा पञ्चायती प्रजातन्त्रको नाममा चलाइएको शाही निरंकुशतको  सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था धुलधुसरित भयो ।््   त्यसपछिको १५ बर्षभन्दा बढी समयको राजतन्त्रात्म बहुदलीय ब्यवस्थाले पनि नेपाली जनताको आशा र अपेक्षा अनुरुप काम गर्न सकेन । ‘महल पजेरो’को भ्रष्ट र बिचलनकारी राजनीतिक सँस्कृति मौलायो । भ्रष्टाचार, कमिशनतन्त्र, घुसखोरीमा कुनै कमी आएन बरु बढ्दै गयो । परिवर्तनले आर्थिक समाजिक रंग देखाउन सकेन । सत्ताको किचलो नै राजनीतिक दिनचर्या बन्यो । त्यसै बीचमा निम्त्याईको   असामयिक सशस्त्र द्वन्द्वले सर्ब साधारण नेपाली जनताको जीवन झनै असुरक्षित हुन पुग्यो  । त्यस क्रममा राज्य र माओबादी द्वन्द्वले सिर्जना गरेको बिध्वंशको  भरपाई हुन अझै कति दशक कुर्नु पर्ने हो कुनै यकिन छैन । त्यस क्रममा एकातिर दरबार हत्या काण्ड प्रकरण र अर्कोतिर नब राजाको ०१७ चिन्तन र ब्यवहारले थपेको संकट कारणले समेत नेपाली जनताको नफेरिएको स्थिति र राज्य र माओबादी बचिको सशस्त्र द्वन्द्वबाट मुलुकलाई त्राण दिन फेरि पनि नेपाली जनताले बिराट संयुक्त आन्दोलनकै बाटो बाटो लिनपर्ने स्थिति खडा भयो । त्यसले अन्ततः सामन्ती राजतन्त्रलाई सत्ता केन्द्रबाट बिस्थापित त ग¥यो । तर त्यसपछि पनि परिवर्तनका सम्वाहक मानिएका दलहरुबाट गणतन्त्रात्मक लोकतन्त्रमा समेत एक वा अर्को किसिमले राजतन्त्रले जुन गलत परम्परा, परिपाटी र पद्धति बसालेर देश र जनतामाथि शोषण र शासन गर्दै आएको  थियो त्यसैलाई नै निरन्तरता दिने कामले निरन्तरता पाइरहेको र  भइरहेको छ । श्रीपेच लगाएका राजा हटाएर श्रीपेच नलगाएका राजाहरुको बिगबिगी चलाउने चालामाला जस्तो मात्र त्यसपछिको राजनीतिक गतिबिधि बन्न पुग्यो । देश र जनता अहिले त्यही अस्वीकार्य र अमान्य स्थितिबाट गुज्रिन बाध्य भएका छन् । जनताले अनिर्बाचित राजाको ठाउँमा निर्बाचि राजा खोजेको जस्तो मात्र भयो ।         यस्ता अबाञ्छित स्थितिले गर्दा देश र जनताको मुहार फेर्ने र कायाकल्प गर्ने उदेश्यले आफ्नो अमूल्य र सुन्दर जीवन नेपाली जनता र राष्ट्रको हितमा न्यौछावर गर्ने ती महान तथा बीर शहीदहरुको सम्मान सार्थकरुपमा हुन सकिरहेको छैन । बाह्य हस्तक्षेपका गतिबिधिहरुले नेपालको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता नै गम्भीर संकटमा पर्दै गएको छ  ? यस्तो स्थितिमा अर्कोतिर यो राष्ट्रिय संकट गणतन्त्र, धर्मनिरपेक्षता र संघीय संरचनाले गर्दा नै निम्तिएको गलत अर्थ लगाएर जनताको संघर्षले प्राप्त  गरेको सीमित जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्राकै एक वा अर्को किसिमले हरण गर्न वा यसलाई अझ सीमिति तुल्याउन या पंगु बनाउन सत्तामा बसेका र बाहिर रहेका देशीबिदेशी शक्तिहरु उद्यत  छन् ।     स्थिति यस्तो अबाञ्छित भए पनि आज ती प्रातस्मरणीय अमर शहीदहरुबाट सही शिक्षा लिएर देश र जनताको हितमा तिनको उत्थान र शतत प्रगतिका लागि फेरि पनि आदर्श, मूल्य, मान्यता,नीति, नैतिकता सबैको पुनस्र्थापनाका निम्ति नेपाली जनता संयुक्त संघर्षकै बाटोमा अग्रसर हुनुभन्दा अर्को कुनै बिकल्प छैन । किनकि  अहिले पनि देशमा जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता, स्वाधीनता र सार्बभौमिकता सबै ठूलो जोखिममा परेका छन् । नेपालको राष्ट्रिय एकता सही अर्थमा सुदृढ बन्न सकेको छैन । यी अत्यन्तै गम्भीर महत्वका समग्र संबेदनशील राष्ट्रिय  कुरालाई गम्भीर रुपमा मनन गरेर स्वाधीनता र राष्ट्रिय सार्वभौमिकताको रक्षा र जगेर्ना गर्न तत्पर र क्रियाशील हुन सकेमा मात्र शहीदहरुप्रतिको सम्मानमा केही योगदान दिन सकिन्छ र जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्राको पनि सार्थकता हुन्छ । सबै सचेत होऔं र सही बाटो लागौ ’

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif