Wednesday, 26 February, 2020    |    २०७६ फाल्गुन १४ गते , बुधवार

एम् सी सीको सन्दर्भ


२०७६ माघ १५ गते , बुधवार प्रकाशित



–इन्द्रनारायण सुबेदी

गोरा छन् अति नै दयालु दिलका नि:स्वार्थ पस्छन् अरे।
सम्झौता छ पवित्र यै मुलुकमा आएर बस्छन् अरे।
अर्बौं अर्ब खन्याउँछन् डलर रे तिर्नै नपर्ने गरी ।
राखौँ साथ दिएर यै मुलुकमा फिर्नै नपर्ने गरी।१।

हाम्रो देश बिकास गर्नु यिनको यौटै छ चोखो धुन।
निन्दा गर्नु छ ब्यर्थ सभ्य जनले खाई तिनैको नुन।
आफ्ना मालिकमा नराख कटुता जे भन्दछन् त्यो सुन।
जे निर्देशन गर्दछन् सहज त्यै मानी लगाउँ गुन।२।

  जे जे गर्नु छ गर्छ यो मुलुकमा जिम्मा लगाऊँअब।
खानी पर्वत स्रोत साधन यहाँ जे जे भएका सब।
आफैं गर्न सकिन्न उन्नति भने भद्रो नहेरे भयो।
दासै बन्नु छ गर्वसाथ उनको आदेश टेरे भयो।३।

  आफ्ना मालिकको कुनै अहितमा बोल्दै नबोलूँ बरु।
झोली थप्नु छ के लुकाउनु कुरा पैसा थपिन्छन् अरु।
नाङ्गै हिड्नु परोस् झुकेर कहिल्यै धावा नबोल्ने गरौँ।
पैसामाथि चढेर कीर्तन गरौँ संसार पारी तरौँ।४।

  ठूला शक्ति मिलेर एक बनिए के लाग्छ कस्को अब।
तिन्कै हात रहन्छ माथि तिनकै स्वाधीनता हो सब।
कुर्लन्छन् जनता बृथा सडकमा लाग्छन् किनारा सब।
स्वीकारेर प्रभुत्व टिक्नु सजिलो दस्वत्वको गौरव।५      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif