Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

दरबार हाई स्कूल चीनले झलक्क हेर्दा जस्ताको तस्तै पुनर्निर्माण गरिदियो


२०७६ माघ १४ गते , मंगलवार प्रकाशित

 चीन सरकारको ८५ करोडको सहयोगमा यो देशको सबैभन्दा पुरानो दरबार हाइस्कूल पुनर्निमाण भएको हो । २०७२ साल बैशाख १२ गते आएको बिनाशाकारी भूकम्पले भत्काएको  यो दरबाहर हाई स्कूल पुरानै ढाँचामा सम्पूर्णरुपमा पुननिर्माण सम्पन्न भइसकेको  छ । राणा शासनका सस्थापक  श्री ३ महाराज जंगबाहादुर राणाको पालामा बिक्रम सम्बत १९१० स्थापित यो दरबार हाइस्कूलमा धेरै बर्षसम्म  राणाहरु, तिनका भाइभारदारहरु र उनीहरुले अनुमति दिएका मानिसहरु मात्र पढ्न पाउँथे । 




  यसपछि अर्का राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेरले सर्ब साधारणले पढ्न पाउने गरी त्रि–चन्द्र कलेज(राजा त्रिभुवन र राणा चन्द्र समशेरको नाममा ) स्थापना गर्दा भनेका थिर्ए — ‘आज मैले मेरै खुट्टामा बञ्चरोले हानेको छु’ । उनलाई थाहा थियो मानिसहरु सचेत र शिक्षित भए पछि जन बिरोधी निरंकूश कुनै पनि शासन सत्ता टिक्दैनन् र उनको ‘आफ्नो खुट्टामा आपै बञ्चरो हान्ने कुरा’लाई  त्रि–चन्द्रमै अध्ययनरत अमर शहीद गंगालाल लगायतले रणा शासन बिरुद्ध जन चेतना जगाउदै आफै बलिदान दिएर पूरा गरिदिएका थिए ।



लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif