Saturday, 29 February, 2020    |    २०७६ फाल्गुन १७ गते , शनिवार

सरकार बाहिरका ९ बामपन्थी दलद्वारा संयुक्त संघर्षको घोषणा


२०७६ माघ ११ गते , शनिवार प्रकाशित

  भारतीय सीमा अतिक्रमण र एमसीसीका बिरुद्ध सत्ता बाहिर रहेका नेपाल कम्युनिष्ट पार्टी लगायत ९ बामपन्थी दलहरुले संयुक्त संघर्ष चलाउने घोषणा गरेका छन् ।  आज नेकपा(मसाल)को केन्द्रिय कार्यालयमा मोहनबिक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसर आउदो माघ २४ गते देशका सबै प्रदेशका  काठमाण्डौ, बिराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा बिरोध सभा गर्ने भएका छन् । 

 
आन्दोनललाई सफल पार्न नेपाली समाजका सम्पूर्ण पक्षलाई ९ बामको आज बसेको बैठकले आह्वान पनि गरेको छ ।

    बैठकपछि जारी संयुक्त बक्तब्यमा नेकपा(मसाल)का नेता मोहन बिक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी)का नेता मोहन बैद्य किरण, नेकपा (माले)का नेता सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता सीपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका नेता ऋषिराम कट्टेल, नेकपा(माओवादी केन्द्र)का नेता गोपाल किराँती, जनसमाजबादीका नेपालका नेता सुभाषराज काफ्ले र राष्ट्रिय जागरिण परिषदका सह संयोजक महेन्द्र शर्माल े हस्ताक्षर गरेका छन् ।
२४ माघको बिरोध सभा पछि बैठक बसेर संघर्षका थप कार्यक्रम तय गर्ने समेत सो बक्तब्यमा जनाइएको  छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif